“छेवार गित” मा तामाङ कलाकारहरुको भेट (भिडियो सहित)

0
596

काठमाडौं
तामाङ समुदायमा छेवारको माहोल चलिरहेको बेला गायक सुभाष तामाङले यसै सम्बन्धि एक मौलिक गित लिएर आएका छन् । “छेवार गित” नामक उक्त गित हिजो जोरपाटी स्थित छिमेकी क्याफेमा संघिय सांसद कृष्ण राईको प्रमुख आतिथ्यतामा पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेका हुन् ।
वरिष्ठ संगितकार चन्द्र कुमार दोङ र तामाङ कलाकार संघ अध्यक्ष सन्जिब वाईबाको बिशेष आतिथिको रुपमा उपस्थित थिए । त्यस्तै उक्त कार्यक्रममा उल्लेख्य कलाकार अनि श्रस्टाहरुको उपस्थिति रहेको थियो ।

तामाङ समुदायको एक महत्वपूर्ण संस्कार अनि संस्कृति छेवार । छेवार तामाङहरुको मौलिक संस्कृति भित्र पर्दछन् । यस गितमा गायक तामाङलाई सशिकला मोक्तान र बबिता पाख्रीनले साथ दिएका छन् ।

प्रमुख अतिथि राईले गायक सुभाष तामाङको खुलेर प्रशंसा गर्दै उनमा केही न केही गर्न सक्ने क्षमता भएको व्यक्ती रहेको बतानुभयो । उनी अझै धेरै अघि बढ्नेमा ढुक्क रहेको उहाँको बुझाई रहेको सुनाए । त्यस्तै तामाङ गित संगितले समाजमा पुर्याएको सकारात्मक पक्षहरुको बारेमा वरिष्ठ गायक संगितकार चन्द्र कुमार दोङले आफ्नो भनाइ राख्नुभएको थियो ।

गितको शब्द संगित गायक बैरागी मोक्तानको रहेको छ । यस गितमा पवनवाङ लामाको एरेन्जमा चन्द्र चौधरीको मिक्सिङ रहेको छ ।

त्यस्तै भिडियोमा तामाङ कलाकारहरु धेरैलाई समेटेका छन् । अभिनयमा प्रेम लोप्चन, अमिर दोङ, कुईसाङ रुम्बा, खेम मोक्तान, सुस्मा मोक्तान, मिलन थिङ, याङ्की दोङ, पुर्णिमा थोकर, पुष्पाञ्जलि लोप्चन, दिपा घिसिङ, साईना तामाङको रहेको छ ।

भिडियो साँच्चै नै छेवारमय भएको छ । अजय स्याङ्तान र बाबुराज केसिको निर्देशनमा सन्जय लामा र दुर्ग पौडेलले खिचेका हुन् । दिर्घ खड्का र नवीन घर्तिमगरको सम्पादनमा राजेन्द्र मोक्तानले कलरिङ गरेको छ । भिडियोलाई नाम्दु मिडिया युट्युब च्यानलबाट हेर्न सकिन्छ । सबैले यस च्यानललाई सब्स्क्राईब गराउन पनि आग्रह गरिएको छ ।

भिडियो ;

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here