आर्यन कार्की को “सम्झना धेरै छ” भिडियो सहित

0
702

काठमाडौं
” चिलाउने डाँडागाउँ ” बोलको गितका मोडल आर्यन कार्की को  फेरि अर्को लोक तथा दोहोरी गित “सम्झना धेरै छ” बोलको गीत सार्वजनिक भएको छ।
उक्त गीतमा गायिका रिता ठकुरी ,कविता फुयाल गायक  रबिन गहतराज, प्रकाश सापकोटाको स्वर सुन्न सकिन्छ ।

गायिका ठकुरीको शब्द र दिनेश सुन्दासको संगीत रहेको गीतको एरेन्ज भने नारायण दंगालले गरेका हुन् ।
“चिलाउने डाँडा गाउँ ” बोलको गीतको सफलता पछि चर्चामा आएका  चर्चित मोडल आर्यन कार्की संगै अनु पराजुली,सुरज श्रेष्ठ,र प्रन्शा दाहालको अभिनय देख्न सकिन्छ । गीत दुई मायालु जोडी  बीच  एक अर्काले आफुलाई घात गरेको भए पनि आफ्नो मायालुको सम्झना भने धेरै छ  भन्ने भाब बोकेको छ  ।
उक्त म्युजिक भिडियो लाई मुकेश हुमागाइ ले छायांकन सुजन श्रेष्ठले कोरियोग्राफि गरेका हुन। 

गीतको  भिडियोको  निर्देशन मिलन श्रेष्ठले  गरेका छन  भने  गीत मिलन फिल्मस प्रोडक्सन  युटुब  च्यानलबाट सार्बजनिक गरिएको छ। भिडियो;

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here