आर्यन, रेखा,सुजन र अप्सरा अभिनित गित चिलाउने डाँडागाउँ सार्बजनिक(भिडियो सहित)

0
414

काठमाडौं, दिपक कार्की
लोकदोहोरी गितका पाराखीहरुका लागि बिल्कुलै नयाँ स्वादको चिलाउने डाँडागाउँ गितको भिडियो सहित सार्वजनिक भएको छ। गायक रबिन गहतराज र सरस्वती उप्रतिको स्वरमा सजिएको “चिलाउने डाँडा गाउँ” बोलको गीत युट्युब मार्फत लिएर आएका छन।

गितमा गायक रबिन गहतराज कै शब्द तथा संगीतमा  रहेको छ। भिडियोमा लोकप्रिय मोडल  रेखा थापा, आर्यन कार्की, सुजन रिजाल र अप्सरा लामाको अभिनय हेर्न सकिन्छ।

गीतमा आफ्नो प्रेमिका लाई आफ्नो जन्मभूमि चिलाउने डाँडागाउँ घुमाउन लैजान्छु भन्ने भाव बोकेको छ। उक्त गित ले बलेफी गाउँपालिका लगायत सिन्धुपाल्चोक जिल्लाको पर्यटन प्रबर्द्धनमा समेत टेवा पुर्याउन खोजिएको निर्माण पक्ष ले जनाएको छ।

गीतको भिडियोको निर्देशन मिलन श्रेष्ठले  गरेका छन  भने गीत मिलन फिल्मस प्रोडक्सन युट्युब च्यानलबाट सार्बजनिक गरिएको छ। भिडियो;

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here