सन्जु आफ्नो प्रेमीलाई पर्खिदै गाउँघरमा

0
506

१६ श्रावण २०७७, काठमाडौं
सानै उमेर देखि गित संगितमा रुचि राख्ने सिन्धुपाल्चोक जुगल गाउँ पालिकाकि चेली सन्जु लामा (गोईकार) को पहिलो सेलो कोसेली कोईली त चरी को अफिसियल भिडियो बजारमा आएको छ । आज आएर उनको वर्षौं देखिको सपना पूरा भएको महसुस गरेको बताउनुहुन्छ । कला क्षेत्रमा धेरै अघि देखि रुचि भएपनी यो क्षेत्रमा आफ्नो चिनजानको नजिकको कोहि नहुँदा छिटै आउने सोच केही ढिलो भएको सुनाए । भन्छिन “यो क्षेत्रमा आफू नजिकको कोहि नहुँदा मनले चाहेर मात्र आउन नसकिने रहेछ ।”

गितको शब्द स्वर आफ्नै रहेको यस गितमा आफ्नो प्रेमिले छाडेर बिदेश गएपछी गाउँ घरकी चेली कुन अवस्थाबाट गुजृरहेकी हुन्छिन् भन्ने विषयलाई समेटिएको छ । शब्दलाई मीठो लय भर्ने काम गरेका छन् विशाल योन्जले । एरेन्ज जोगलाल लामाको रहेको छ भनें दिपेश प्रधानले मिक्सिङ गरेका छन् । सरगम स्टुडियोमा रेकर्ड गरेको गितको शब्द अनुसारको भिडियोमा निर्देशनको काम गरेका छन् जेबि जिम्वाले । त्यस्तै उत्कृष्ट दृश्यहरु छायांकन / सम्पादन / कलरिङ देखि ड्रोन समेत चलाउनुभएको छ जिग्मे मिडियाका संचालक सुर्य लामाले । भिडियोमा सन्जु लामा स्वयमलाई देख्न सकिन्छ भनें उहाँलाई सरोज तामाङले साथ दिएका छन् । त्यस्तै अन्य कलाकारहरुमा वसन्त लामा, निशा लामा गोले, ईसिका ठकुरी, सपना लामा, सोम बहादुर लामा, बिकास लामा लगायतले अभिनय गरेका छन् । भिडियो ;

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here