युवा समाजसेवी निमा शेर्पा COVID-19 HERO अवार्डबाट सम्मानित

0
179

काठमाडौं
युवा सामजसेवी, व्यवसायी एवं नेपाल तरुण दल सिन्धुपाल्चोक जिल्ला कोषाध्यक्ष निमा जंबु शेर्पा COVID-19 HERO अवार्डबाट सम्मानित हुनुभएको छ । उहाँले कोरोनाको महामारीका बेला र सिन्धुपाल्चोकमा गएको भीषण बाढी पहिरोमा बिशेष योगदान पुर्याए बापत उहाँलाई यो सम्मान द्वारा हामी नेपाली ग्लोबल नामक संस्थाले सम्मानित गरिएको हो ।

शेर्पा विगत देखि नै राजनीतिक एवं सामाजिक सेवाका कार्यहरु गर्दै आईरहनुभएको छ । सिन्धुका बाढी पहिरो ग्रस्त क्षेत्रहरु बाह्रबिसे नगरपालिका, भोटेकोसीगाउँ पालिका र जुगलका विस्थापित अनि पिडितहरुलाई नगद खाद्यान्न लगायत त्रीपाल वितरणमा खटिनुभएको थियो ।

हामी नेपाली ग्लोबल अमेरिका स्थित रहेको एक सामाजिक संस्था हो । जसले प्राकृतिक विपत्ति तथा महामारी परेको बेला निस्वार्थ भावनाले मानवीय सहयोग गर्नेहरुलाई अझै उत्प्रेरित होस् भन्ने उद्देश्यले सम्मान गर्दै आएको छ । यो एक विशुद्ध गैरराजनीतिक, गैर नाफामुलक संस्था रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here