हगाम आईडल भए अस्मिता तामाङ

0
755

२७ असार २०७७, सिन्धुपाल्चोक
सिन्धुपाल्चोक जिल्ला जुगल गाउपालिका वडा न. ६ मा हगाम युवा समजको आयोजनामा भएको हगाम गाउँ स्तरीय गायन प्रतियोगिता हगाम सामुदायिक भवनमा थुप्रै दर्शक हरुको उपस्थितमा भव्यातका साथ शुक्रबार राती सम्पन्न भएको छ । टप ६ बाट प्रथम दृतिय र त्रीतिय  छनोट गरेको छ । टप ६ लाई पछी पार्दै प्रथम हुन सफल हुनु भएको छ अस्मिता तामाङ । त्यस्तै दृतिय सीता तामाङ र तृतीय हुनु भएको छ सर्मिला तामाङ । प्रथम पुरस्कारको रुपमा आशिष लामा र सन्देश लामाको तर्फबाट 2 वटा गीत र जोन लामाको तर्फबाट उक्त गीतको म्युजिक भिडियो, कोदोङ पाख्रीन तामाङ को तर्फबाट नगद रु 3 हजार साथै आयोजकको तर्फबाट अन्य थुप्रै आकर्षक पुरस्कारहरु प्राप्त गरे ।

दृतिय र तृतीय पुरस्कारको रुपमा आयोजकको तर्फबाट नगद र अन्य थुप्रै आकर्षक पुरस्कारहरु प्राप्त गरे । सो कार्यक्रमको निर्णयकको भुमिकामा स्थानीय गायक तथा संगीतकार सन्देश लामा, स्थानीय गायक बेन्जत लामा (सरोज), अशोक लामा र बिनु तामाङले गरेको थियो । उक्त कार्यक्रममा थुप्रै अतिथिहरुले ट्प ६ मा रहेको भाइ बहिनिहरुलाई शुभकामना समेत दिनु भएको थियो । अतिथिको रुपमा रहनु भएको स्थानीय समजसेबी युवा टंक लाल तामाङ र जय लाल तामाङले शुभकामना मन्तव्य संगै दृतिय र तृतीय लाई नगद पुरस्कार समेत दिनु भएको थियो ।

कार्यक्रमको उद्देश्य भनेको गाउँमा लुकेको प्रतिभा लाई बहिरा ल्याउने रहेको आयोजकको दावी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here