दुवै मृगौला पीडित शक्तिलाई युवा संघ जुगलको पहलमा नगद सहयोग

0
436

१२ असार २०७७, काठमाडौ
राष्ट्रिय युवा संघ जुगल को पहल मा जुगल गाउँ पालिका वार्ड नं ७ का विवि सिंह तामाङ को छोरा शक्ति तामाङलाई नगद सहयोग गरेको छ । शक्ति दुवै मृगौला पीडित हुनुहुन्छ । जुगलका स्थानीय लगायत त्यहाँका जनप्रतिनिधिहरु, युवा संघ राष्ट्रिय युवा संघको संयुक्त पहलमा एकमुष्ट रकम जम्मा रु २,४५,३२९/- बिरामी शक्ति कै निवासमा पुगेर हस्तान्तरण गरे । जहाँ पालिका अध्यक्ष होम नारायण श्रेष्ठ, जुगल वार्ड नं ७ का वार्ड अध्यक्ष दिल कुमार लामा, जुगल राष्ट्रिय युवा संघको संयोजक फुलकाजी स्याङ्बो वानपिसको समेत उपस्थिति थियो ।

सहयोग रकम उपलब्ध पश्चात् पिडित शक्तिका आमाले आफ्नो भविष्यको सहारालाई बचाउन सकिन्छ कि भन्ने आशा जागेको बताउनुहुन्छ । “मनको धनी सबैले आफुले सकेको सहयोग गर्नुहुन्छ भन्नेमा ढुक्क रहेको छ” खुशी हुँदै सुनाउनुहुन्छ । यदि यहाँहरु पनि आफुले सकेको सहयोग गर्न चहानुहुन्छ भनें जुगल गाउँ पालिका अथवा राष्ट्रिय युवा संघ जुगललाई सम्झिन समेत अपिल गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here