“पार्टी, पार्टी जस्तो छैन र भएन”- दिपशिखा (युवा संघ नेपाल संयोजक)

0
210

१० असार २०७७, काठमाडौं
विश्व कोरोना सँग लडिरहेको छ । नेपालमा पनि यसले बिस्तारै संङ्क्रमण बढ्दै गैरहेको छ । सदन देखि चिया पसल सम्म केही दिन अघि लिपुलेक, लिम्पियाधुरा, कालापानीको चर्चा चुलिरहेको थियो । संसदबाट संविधान नै संशोधन गरेर निशान छापमा गुमेको भुमी समाबेश गर्दै राष्ट्रिय सहमतिमा नयाँ नक्सा पारित गरियो । अब भुमि पनि फिर्ता ल्याउनु पर्छ भन्ने माग र प्रयास छँदै छ । यति बेला सत्तारुढ दल नेकपा जो दुईतिहाई बहुमतका साथ सरकार सन्चालन गरिरहेको छ । पुर्व माओवादी र पुर्व एमाले मिलेर बनेको नेकपा देशकै सबैभन्दा ठूलो राजनितिक दल र बलियो सरकार समेत छ्न् । एकताको दुई वर्षे वार्षिकोत्सब समेत मनाईसकेका छन् तर नेकपा बाहिरी रुपमा जत्ती बलियो देखिन्छ त्यति नै भित्र भित्रै कमजोर समेत बनिरहेको होकि भन्ने प्रशस्तै आधारहरु बाहिरी रहन्छन् । चाहे पार्टी र सदनमा प्रधानमन्त्री हावी हुनु, छलफल नै नगरी विधेयक ल्याउनु जस्ता कुराहरुले गर्दा पार्टी भित्रै आलोचना पनि भैरहेको देखिन्छ । पछिल्लो समय भनें सत्तारुढ पार्टी भित्र MCC को विषयलाई लिएर दुई धार देखिएको छ । अब यो पास गराउन केही दिन मात्र बाँकी रहेको बेला सभामुख अग्नि सापकोटाले संसद बैठकको मिति नै सारिदिएका छन् । जसले गर्दा MCC पास गराउने बाटो सरेको देखिन्छ । प्रधानमन्त्री ओलि MCC का पक्षमा देखिएका छन् भनें अध्यक्ष प्रचण्ड बिपक्षमा । जसले गर्दा नेकपा भित्र यो विषयले गर्दा कतै पार्टी पुनः बिभाजन त हुँदैन भन्ने शंका उपशंका अड्कल गर्ने बाटो प्रशस्तै देखिएको छ । धेरै नेता कार्याकर्ताहरुले खुला रुपमै पार्टी एक भए पनि भावना एक नभएको टिकाटिप्पणी गर्दै आईरहेको पनि छ । यसै सिलसिलामा हिजो सम्पन्न नेकपा स्थायी समिती बैठकको प्रसंगलाई जोडेर राष्ट्रिय युवा संघ नेपालका संयोजक राम प्रसाद सापकोटा दिपशिखाले आफ्ना फेसबुक वालमा पोष्ट गरेका भावनाले पक्कै सबै नेकपाको मनमा छुन्छ होला । उहाँको पोष्टमा लेखिएको जस्ताको त्यस्तै स्टाटस ;

आदरणिय स्थायी समिति,

पार्टी, पार्टी जस्तो छैन र भएन । एकताको उत्साह र गतिशिलता मरेर करिब पार्टी जिवन सिथिल नै भयो । खास गरी पार्टी एकतादेखि याँहासम्म आउँदा पार्टीको नाम र झण्डाबाहेक एउटै भन्ने केहीपनि भएकै छैन । यसो हुनुमा म पनि जिम्मेवार छु, तपाईहरु र तपाईभन्दा माथिका कति जिम्मेवार छन् ? निर्मम समिक्षा हुन्छ नै होला ।

हामीलाई एकताबद्द, जिवन्त, आशावादले ओतप्रोत, जिम्मेवारी र जनउत्तरदायी पार्टी चाहियो ।

यस्तो पार्टी बनाउन मेरो भागमा परेको सजाय सँहुला, बेहुँरुला–बैठकपछि सग्लो र निरोगी नेकपा बनाउने निर्णय गर्नुहोस् ।

अँ साच्चि बैठकमा पार्टीको झण्डा र व्यानर नराखेको कि फोटोमा नदेखिएको ? प्रष्ट होइपाउँ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here