बलेफीको सातौं गाउँ सभा सम्पन्न – ग्रीन रोड र ग्रीन सिटिको नीति 

0
114

१० असार २०७७, सिन्धुपाल्चोक
बलेफी गाउँ पालिकाले आज सातौं गाउँ सभा सम्पन्न गराएका छन् । आर्थिक वर्ष ०७७/०७८ को लागी करिब ४४ करोड बराबरको बजेट पारीत गरेको हो । सर्वसम्मतले आज पारित गरेको बजेट तिनै तहको सरकारबाट गरि ४३ करोड ४६ लाख ९१ हजारको रहेको छ ।

सबैभन्दा उत्कृष्ट पालिकाले कोरोनाका कारण मारमा परेका आफ्ना जनताहरुको लागि सम्पत्ति तथा व्यवसाय करमा बिगतमा भन्दा ५०% ले घटाईएको छ । त्यस्तै बाँझो जमिनको उपयोग गर्दै विषादी रहित पशु पालन, फलफुल, तरकारी उत्पादनमा जोड दिने नीति समेत लिएका छन् । वडावडामा ६४ लाखका दरले छुट्याइएको बजेटमा ५० लाख बराबर वडाका मुख्य सडकमै लगानी गर्ने गरि पारित गरेको उपस्थित एक वडा सदस्यले गोल्चे सन्चारलाई जानकारी दिनुभएको हो ।

गाउँ पालिका उपाध्यक्ष कमला कायस्थले प्रस्तुत गरेको बजेटमा सडक छेउछाउमा बृक्षारोपण गरेर ग्रीन रोडको अवधारणा लिएको समेत उल्लेख थियो । त्यस्तै बिकास योजनाका काम प्रभावकारी बनाउन टुक्रे बजेट पारित नगर्ने, बैशाख मसान्त भित्रै सबै काम सम्पन्न गराउने नीति लिएको छ ।

|| बजेट विनियोजनमा स्थानीय र वडा सदस्यहरु नै अनबिज्ञ ||

जनताको आवाजलाई कदर त के वास्तै नगर्ने परिपाटी बढ्दै जाँदा बलेफीमा यो वर्षको बजेट विनियोजनमा पनि कुनै सल्लाह, सुझाव समेत लिएनन् । हुनत देश कोरोनाको चपेटामा ढुवेको छ जसले गर्दा पनि गाउँ भेलाहरु गर्न सकिएन भन्न सकिन्छ । तर त्यो पनि भन्न नमिल्ने स्थानीयको बुझाई र भोगाई छ । किनकी यो भन्दा पहिलेको वर्षहरुमा पनि गाउँ भेला औपचारिकता पुर्याउन गरे जस्तो गर्ने तर योजना भनें पालिका अध्यक्ष, वडा अध्यक्षहरुको आफ्नै खुशीले पारित गर्दै आएकोमा झन यो वर्ष केही वडाका सदस्यहरुलाई समेत कुनै सोधखोज नै नगरिएको थाहा हुन आएको छ । उनिहरु खुल्ला रुपमै असन्तुष्टि पोखाईरहेका छन् । यसरी जनप्रतिनिधिहरुले स्थानीय सरकारमा आएको बजेट आफुखुशी आफुलाई पायक पर्ने, पहुँचको आधारमा आफ्नै गोजिको पैसा जसरी विनियोजन गर्नु संघियताको बर्खिलाप भैरहेको स्थानीयहरुको ठहर छ । “जे जसरी बिकास नीति, योजना पारित गरेपनी बजेटको सहि सदुपयोग होस भन्ने बाहेक अरु चाहाना गरेर हुने केही होईन” स्थानीय गुनासो सुनाउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here