“धैर्यतालाई कमजोर सोचे ठूलो भुल हुने” भन्दै बलेफी पालिकामा बुझायो काँग्रेसले१६ बुँदे ज्ञापनपत्र ।

0
589

९ असार २०७७, सिन्धुपाल्चोक
आर्थिक वर्ष ०७७/०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गर्नु पुर्व नेपाली काँग्रेस बलेफी गाउँ पालिका ईकाई समितिले पालिका अध्यक्ष सहित सम्पुर्ण जनप्रतिनिधिहरुको ध्यानाकर्षण गराउँदै १६ बुँदे ज्ञापन पत्र बुझाएका छन् । आज काँग्रेसका पालिका उम्मेदवार राम कुमार लामा, पालिका ईकाई सभापति कृष्णभक्त नेपाल, हरिषचन्द्र खड्का, राम चन्द्र थापा, अमृत अधिकारी, जनक तिमल्सिना, राजेश कार्की, लालकाजी तामाङ, जय श्रेष्ठ, रन्जित पौडेल, रुद्र प्रसाद चौलागाईं लगायत नेता कार्याकर्ता ज्ञापनपत्र लिएर पालिका कार्यालय पुगेका हुन् ।

ज्ञापनपत्रमा धेरै लामो संघर्ष पश्चात् आएको संघियतालाई अवलम्बन गर्दै स्थानीय सरकारले केही समय ऐन, कानुन निर्माण मै अलमलमा पर्दै पछिल्लो नीति तथा योजना कार्यान्वयन गर्ने क्रममा समेत जनअपेक्षा अनुरुप गाउँ पलिकाले काम गर्न नसकेको उल्लेख छ । समयक्रम अनुसार जनताले अपेक्षित रुपमा माथि उठ्दै आवश्यकता अनुसारको योजना तर्जुमा होला भन्ने लागे पनि वर्तमान सम्म आईपुग्दा सुधारको साटो झनै संकुचन तर्फ मोडिएको अनुभुत भएको साथै निति, योजना तथा कार्यक्रमहरुको बजेट बिनियोजनमा समेत जनप्रतिनिधि हावी भै आफू नजिककालाई योजना सम्झौता हुनु अगावै उपभोक्त समितिमा दलगत सदस्यता तेर्साउँदै कानुनको खिल्ली उडाउँदै योजना कार्यान्वयन गरेको प्रष्ट रहेको बताईएको छ ।

जनप्रतिनिधि जनताको मुकुट रहेको तर जनप्रतिनिधिको कार्यशैली पदको गरिमालाई गिज्याउँदै पार्टीको बिशेष बफादार कार्याकता भन्दा माथी उठ्न नसकेकोले कसैलाई पनि सरकार प्रमुखको पदिय गरिमालाई होच्याउने छुट कसैलाई नरहेको ज्ञापनपत्रमा समाबेश गरेका छन् ।

नितिगत र कानुनी रुपमा निरुपण गर्नु पर्ने विषयहरु समेत एक व्यक्तीमा निहित गर्ने संकिर्णता सोच लोकतन्त्रमा सुहाउँदैन भनिएको छ । कर्मचारी नियुक्ति देखि ससाना घटनाहरुलाई समेत राजनितिक आग्रह, पुर्वाग्रहले हेरिनु सर्वधा स्विकार्य नहुने भन्दै संघिय राज्यको पुर्ण पालना गर्दै संतुलित नीति योजना तर्जुमा गर्नुको साटो चालू आर्थिक वर्षको अनुमानित नीति योजनामा समेत पहुँच र अनावश्यक बजेट तर्जुमा गर्न लागेकोले पिछडिएको, जाति, लिंगलाई नसमेटेर गाउँ पालिकाको आर्थिक बिकासमा असमान वितरण देखिएकोले यस्तै गरि अघि बढेमा राष्ट्रिय लक्ष्य नभेट्टाउने बलेफि काँग्रेसको ठहर छ ।

बिगतमा गरेका कमिकमजोरीलाई आत्मासात गर्दै काँग्रेसले गरेको धैर्यतालाई कमजोरीको रुपमा लिएमा ठूलो भुल हुने समेत ज्ञापनपत्रमा उल्लेखित छ साथै गम्भीर ध्यानाकर्षण सहित १६ बुँदे सल्लाह, सुझाव सहितको ज्ञापनपत्र गाउँ पालिका अध्यक्ष केदार क्षेत्री र उपाध्यक्ष कमला कायस्थलाई बुझाएको हो । ज्ञापनपत्र तल फोटोमा राखिएको छ ।    (प्रीतम तामाङ गोल्चे संचार)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here