“ढिलो चाँडो सत्यकै जित भयो, खुशी छु” – सभापति बिकास लामा

0
585

८ असार २०७७, काठमाडौं
भनिन्छ सत्यको अघि झुट कहिल्यै टिक्दैन । जति सुकै प्रयास गरेपनी सत्य आखिर सत्य नै हो, ढिलो या चाँडो यो पर्दाफास भईन्छ नै । झुट बोल्न या गलत आरोप लगाउन जति सजिलो छ त्यो सत्यमा प्रमाणित गर्न कुनै पनि कोणबाट सकिँदैन । भनिन्छ नि, गधालाई धोएर कहिल्यै गाई बन्दैन, अर्थात सत्यलाई तोडमोड गरेर कहिल्यै गलत हुनै सक्दैन । हो, ठिक त्यस्तै सिन्धुपाल्चोक जिल्ला नेपाली काँग्रेस जिल्ला सभापति बिकास लामा विगत केहि वर्ष देखि गलत आरोप झेलिरहेका थिए ।

लामालाई वैदेशिक रोजगारी ठगी गरेको आरोपमा सर्वाेच्च अदालतमा मुद्दा परेको थियो । उहाँलाई धुनलाल गैरे र थिरनाथ सुवेदीले गलत आरोप लगाउँदै सो मुद्दा दायर गरेका थिए ।
सर्बोच्चअदालतका न्यायाधीशद्वय सपना मल्ल प्रधान र बमकुमार श्रेष्ठको संयुक्त इजलासले आज मुद्दा फैसाल गर्दै लामालाई निर्दोष ठहर गर्दै फैसला सुनाएको हो ।

बिपक्षीको दावीसमेत नठहरिने गरी सफाइ दिँदै अदालतले वादी गैरे र सुवेदी लाई ५।५ हजार जरिवाना गरेको सभापति लामाले जानकारी दिए ।

नेपाली काङ्ग्रेस सिन्धुपाल्चोकका सभापति बिकास लामाविरुद्ध मुद्दा वैदेशिक रोजगार न्यायाधिकरणले २ बर्ष अगाडी लामाकै पक्षमा फसैला गर्दै विपक्षीलाई पाँच हजार जरिवाना गरेको थियो।

यहि गलत आरोप सहितको मुद्दाको बिषयलाई लिएर पटकपटक सामाजिक तथा राजनैतिक रूपमा प्रहार हुँदै आएको थियो ।  लामाले भने, ‘भ्रमको खेती गरेर समाज धमिलो पार्न खोज्नेहरुका लागि यो फैसला गतिलो झापड हो ।’ जेजस्ता गलत आरोप आफूविरुद्ध भएपनि सत्यकै जीत भएको भन्दै  खुशी व्यक्त गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here