सचेत रहनुस्, यसरी हुँदै छ सिन्धुपाल्चोक कोरोना हब । गोल्चे संचार

0
545

५ असार २०७७, सिन्धुपाल्चोक
प्रीतम गोले तामाङ
कोरोनाका कारण पहिलो मृत्यु हुनेमा पनि सिन्धुपाल्चोक नै परे । एक सुत्केरी महिला कोरोनाका कारण मृत्यु भएपछी संक्रमण पहिलो पुष्टि भएको सिन्धुपाल्चोक यति बेला एक पछि अर्को गर्दै संक्रमितको संख्या बढ्दो छ ।

अहिले सम्ममा २७ जना संक्रमित पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जानकारी दिएको छ । उनिहरु मेलम्ची नगरपालिकाको रिभर साईड रिसोर्ट र बाहुनेपाटीको जालपादेवि स्कुलको क्वारेन्टाइनमा राखेका थिए । यसभन्दा अघि भने मृतक महिला सहित ६ जना मात्र संक्रमित थिए ।

पिसिआर पोजेटिभ आउनेमा १८-४१ उमेर समुहका व्यक्तिहरु हुनुहुन्छ । उनिहरु बाहिरी जिल्ला दोलखाबाट ५ र भोजपुरबाट आएका ४ थिए । त्यस्तै कुवेतबाट आएका ९ महिला समेत छन् । अरु भने भारतबाट नेपाल भित्रेका थिए ।

यसरी क्वारेन्टाइनमा राखेका प्राय धेरैमा कोरोना संक्रमण देखिनुले कतै क्वारेन्टाइन नै पो असुरक्षित हुँदै गएको हो कि भन्न थालिएको छ । क्षेत्रीय क्वारेन्टाइनको रुपमा मेलम्चीलाई बनाएपछी त्यस वरपरका स्थानीयहरुमा त्रास उत्पन्न भएकै छ तरपनी उनिहरु त्रास संगै बजारहरुमा किनमेलका लागि भिड पनि उत्तिकै गरिरहेको एक स्थानीयले गुनासो सुनाउँछन् । उनका अनुसार यदि समुदायमा फैलियो भनें यसले भयभह स्थिती ल्याउने पक्का छ । जसको लागि स्थानीय सरकारले समेत खासै चेतना मुलक सन्देश दिँदै, भिडभाड हुने बजार क्षेत्रलाई संयमित भै सन्चालन गर्न समेत कुनै कदम नचालेको दुखेसो पोख्छन् । फेरि यता जनता पनि बल्ल खुल्यो झैँ गरेर कसैलाई नटेरेमा सिन्धुपाल्चोक कोरोनाको हब भन्ने निश्चित छ ।

राजेन्द्र महतोको भाषणमा प्रचण्ड र केपि हेरेको हेर्यै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here