दुबईबाट फर्किएका गर्भवती महिलाहरुको श्रीमान सबैको साथमै थिए । दूतावास 

0
517

६ असार २०७७, काठमाडौं
दुबई बाट नेपाल फर्किएका १०१ जना महिला मध्ये ९४ जना गर्भवती भन्ने समचार जब अनलाइनहरुमा छाए तब भित्र के छ भन्ने सम्म नहेरी फेसबुकमा भर्न थाले कि सबै भुँडी बोकेर आए । तर वास्तविकता यस्तो हो । जुन सबैले बुझ्न जरुरी छ ।

दुबई दूतावासकि श्रम काउन्सिलर निर्मला थापाका अनुसार हिजो संयुक्त अरब एमिरेट्स यूएईको दुबईबाट पहिलो चार्टड बिमान उडेको हो । जुन विमानमा १ सय ४८ जना नेपाली बोकेर नेपाल एयरलाइन्सको आर ए २२९२ नम्बरको न्यारोबोडी जहाज नेपालको लागि उडेका थिए । उक्त विमानमा १ सय १ जना महिला र ४७ जना पुरुष रहेको थियो । १ सय १ जना महिलामध्ये ९४ जना गर्भवती छन् । गर्भवतीमध्ये २७ जनाका श्रीमान् पनि साथमै नेपाल फर्किएका छन् भने बाँकी यूएईमै कार्यरत रहेको र भिजिट भिसामा श्रीमान् भेट्न यूएई पुगेकाहरु रहेको उहाँले स्पष्ट जानकारी दिनुभएको छ ।

त्यस्तै उडानमा १० जना बिभिन्न रोगका कारण बिरामी छन् भने १० जना रोजगारदाता भागेपछि अलपत्र नेपाली श्रमिक रहेका दूतावासले जनाएको छ। फर्किनेमध्ये ३ जना जेष्ठ नागरिकसमेत रहेका छन् । साथै गएको चैत २८ गते यूएईको फुजेराहमा ब्रेन ट्युमरका कारण ज्यान गुमाएका सिन्धुपाल्चोकका पेमा नुर्बु यल्मोको शव समेत सोही उडान मै नेपाल पठाइएको नेपाली दूतावासकी श्रम काउन्सिलर थापाले बताउनुभएको हो ।

|| “यसरी वास्तविक कुरा स्पष्ट पार्द पार्दै टाईटल मात्र हेरेर आफ्नै दिदिबहिनीको इज्जत माथी दज्जी उडाउने दाजुभाइहरुलाई हार्दिक धन्यवाद भन्नू बाहेक के भनेर सम्बोधन गरौं ? कोरोनाको कहर पछि धेरै नेपाली दाजुभाइ दिदिबहिनीहरु बिदेशमा कतिको कामबाट छुट्टिनु पर्यो, कति बिरामी थिए कतिपय काम गर्न नसक्ने अवस्थामा । जब कोरोनाको संक्रमण बढ्दै गयो काम अनि दाम नभएपछी अन्तिममा आफ्नै जन्मभूमि सम्झिन्छ्न् र आफ्नै जन्मभुमिमा जे पाउँछ त्यही खाएर पनि बाँच्नु त बाँचिन्छ । आखिर उमेर र जिउमा बल हुन्जेल आफ्नै देशका राष्ट्र चलाउने नेताहरु देखि धेरैलाई पाल्न रगत पसिना बगायो जब आईपर्यो महंगो मूल्य तिरेर प्लेन चडेर आउनु पर्यो । आउनु त आए आफ्नै जन्मभुमिमा तर कति निच सोच र घटिया दिमागले भरेका दाजुभाइहरु छन् यो देशमा कि सोच्दै नसोचेर बिदेशीको भुँडी बोकेर आयो, बिदेशबाट पेट बोकेर आयो, बिदेशी भान्जा लिएर आए भन्दै सामाजिक सन्जालमा रंगाउन कति हतार । वास्तविकता के हो ? भन्ने सम्म नबुझ्ने ती मनुवाहरुलाई खै कुन शब्दले पुकार्ने होला ? यत्ती बुझ्नुस कि साँच्चै केही अपवादहरुमा भएकै हो भनेंपनी त्यसलाई गलत रुपले नबुझौं । किनकी यो नेपाली चेली या नेपाली दाजुभाइको वास्तविक एउटै पीडा हो । जुन सरकारले समस्याको रुपमा बुझेर समाधान गर्नु पर्ने हो तर यो दिनदिनै बढ्दै जान्छ नै । यदि एउटि चेली बिदेशमा गएर कसैको बच्चाको आमा बन्छ भनें कुनै पुरुष बिदेश जाँदा उसको श्रीमती पनि त गाउँघरमै कसैको भुँडी बोकेका उदाहरणहरु छन् नि हैन ? “” || प्रीतम गोले तामाङ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here