जलबिरेमा काँग्रेसको राँके जुलुस, सिन्धुपाल्चोकमै PCR टेस्टको माग

0
924

जलबिरेमा काँग्रेसको राँके जुलुस, सिन्धुपाल्चोकमै PCR टेस्टको माग

३२ जेठ २०७७, सिन्धुपाल्चोक
सिन्धुपाल्चोक क्षेत्र नं. १ स्थित जलबिरे बजारमा नेपाली काँग्रेसले सरकारको गलत कदमहरुको विरोधमा राँको जूलूस निकालेको छ । हिजो बेलुका गरेको राँको जुलुसमा पार्टीका विभिन्न भातृसंगठनका नेता, कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । जुलुसमा १० अरबको हिसाब खोइ ? RTD बन्दा गर ! PCR जिल्ला मै व्यवस्था गर ! जनतालाई राहत दे ! जस्ता नारा लगाएका थिए ।

केन्द्रबाटै निर्देशित भएकोले सबै जिल्लाहरुमा नेपाल सरकारले एकपछी अर्को गर्दै जनतालाई झन झन समस्या पार्ने कदम चाल्दै आएकोले यो सबै गलत क्रियाकलापको भण्डाफोर गर्न बिरोध जनाएको पुर्व क्षेत्रीय सचिब कैलाश थापाले गोल्चे संचारलाई बताउनुभयो ।

नेपाल ट्रेडयुनियन काँग्रेस जिल्ला सचिब हरिचन्द्र खड्काले कोणसभालाई सम्बोधन गर्दै सरकारले गरेको १० अरबको भ्रष्टाचारीलाई कारबाही, RTD टेस्ट बन्द, PCR जिल्लाकै कुनै अस्पतालमा गर्न माग गरेका थिए ।

त्यस्तै नेपाली काँग्रेस जिल्ला तरुण दल जिल्ला उपाध्यक्ष राजेन्द्र लामा ( दोर्जे ) ले सरकारले कोरोना रोकथामको नाममा गरेको नितिगत अरबौँ भ्रष्टाचारको हिसाब किताब नभुझाए हरेक खर्चको हिसाब किताब खोज्न अब युवाहरु सडकमा स्वत : स्फुर्त निस्किसकेकोले युवाहरुले नै त्यस्ता भ्रष्टाचारीहरुलाई ठिक पार्ने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here