चौतारामा नेपाली काँग्रेसको विपि अध्ययन केन्द्र निर्माण थालनी, कार्याकर्तामा उत्साह

0
130

३२ जेठ २०७७, चौतारा
नेपाली काँग्रेस सिन्धुपाल्चोकले वर्षौं देखि आँटेको काम अहिले आएर सुरुवात गरिँदै छ । जिल्लामा आफ्नै छुट्टै कार्यालय नहुँदा भाडामा कार्यालय संचालन गर्दै आएको थियो । यसरी सानो ठूलो जुनसुकै मिटिङ देखि कार्यक्रम गर्न अप्ठ्यारो पर्दै आएको जानकार कार्यकर्ताहरु बताउँदै आएको थियो । यसै सन्दर्भमा चौतारा बजारमै आफ्नै कार्यालय भवन (विपी अध्ययन केन्द्र) निर्माणको काम थालेको छ । जसले नेता देखि कार्याकर्ता सम्म खुशी छाएको छ ।

जहाँ पुर्व सभापति रोहिणी राज सिग्देलले आफ्नो पार्टीको लागि भनेंर १३ आना जग्गा दान दिएको हो । सो जग्गामा तीन करोड ७० लाख लागत (स्टिमेट)मा पार्टी कार्यालय निर्माणको काम सुरु गरेको छ ।

साढे दुई तलाको भवन सभाहल सहितको बन्ने पार्टी सभापति विकास लामाले जानकारी दिए । संसद विकास कोषबाट परेको २५ लाख र केही आन्तरिक स्रोतबाट यो साल (२०७७) एकतलाको भवन निर्माण गर्ने काँग्रेसको योजना छ । अर्को सालसम्ममा भवनले पुर्णता पाउने सभापति लामाले बताए । माथिल्लो तलामा भने ज जसले आर्थिक सहयोग गर्छ उनीहरुकै नाममा कोठाहरुको नाम राखिने छ ।

कार्यालय निर्माणका लागि धेरै जनाले सहयोग जुटाउने आश्वासन दिँदै फोन गरेको लामाले बताए । उनले जसले जे सक्छ सोही सहयोग गरेर कार्यालयलाई पुर्णता दिनपनि सबैलाई आग्रह गरेका छन् । धेरै जनाले सहयोग जुटाउने आश्वासन दिएकाले भवनले छिट्टै पुर्णता पाउने उनको विश्वास छ । ‘आफ्नै कार्याकालमा भवन निर्माण जस्तो महत्वपुर्ण कामको सुरुवात गरे धेरै खुशी छु,’ उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here