सिन्धु लामोसाँघुमा सरकार बिरोधी नारा “कुर्सी मुनि कार्पेट, कार्पेट मुनि जनता, १००% पिसिआर।” 

0
464

३० जेठ २०७७, सिन्धुपाल्चोक, लामोसाँघु
देशैभर सरकारको बिरोध भैरहेको छ । सरकारले कोरोना रोकथामको नाममा गरिएको अस्वभाविक रुपमा राज्यलाई पर्न गएको आर्थिक भार सरासर भ्रष्टाचार भएको भनी व्यपक रुपमा काठमाडौं देखि हरेक जिल्ला जिल्लामा प्रदर्शन भैरहेको छ । बिश्वमै फ्लप RTD टेस्टकै लागि मात्र पनि अरबौं खर्च गरेकोले अहिले देशै भरको जनताहरु समेत कोरोना भाइरसको जोखिमलाई बिर्सेर सडकमा उत्रिनु बाध्य भएका छन् ।

यसै सिलसिलामा सिन्धुपाल्चोक लामोसाँघुमा पनि सरकार विरुद्ध प्रदर्शन भएको छ । नेपाली काँग्रेस क्षेत्र नम्बर १ को आयोजनामा सरकारविरुद्ध प्रदर्शन भएको हो । प्रदर्शनमा उनीहरुले ‘१०० प्रतिशत पीसीआर लागु गर’, ‘असुरक्षित क्वारेन्टिन बन्द गर’, कोरोनाको उपचार, चाहियो पीसीआर’, ‘कुर्सीमुनि कार्पेट, कार्पेटमुनि जनता ?’ लगायतका नारा लगाएका थिए ।

सरकारले सार्वजनिक गरेको कोरोना रोकथामको लागि भएको १० अर्बको भ्रष्टाचार, RDT परिक्षण बन्द गराउनुपर्ने, सम्पुर्ण जनताको PCR परिक्षण गराउन दबाब र सरकारको भ्रष्टाचार को विरुद्धमा जुलुस कार्यक्रम गर्नु परेको बिरोध र्यालिको अगुवाइ गरेका महाधिवेशन प्रतिनिधि हरिशरण श्रेष्ठ, क्षेत्रीय सभापति बालकृष्ण बस्नेत र काँग्रेस युवा नेता युधिर पौडेलले जानकारी दिनुभयो । उहाँहरुका अनुसार काँग्रेस देश र जनता माथी भैरहेको कुठराघातको बिरुद्धमा जस्तो सुकै स्थितिमा पनि सडकमा आउने र भण्डाफोर गर्ने समेत बताउनुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here