युवा नेता दोर्जे लामा “कोभिड-१९ हिरो अवार्ड” बाट सम्मानित ( फोटो फिचर सहित )

0
846

३० जेठ २०७७, काठमाडौं
प्रीतम तामाङ गोले
“धर्म गर्न कुनै मठमन्दिर हैन परेको बेला दिल खोलेर सकेको सहयोग गर्नु सबै भन्दा ठूलो धर्म हो । मैले नि धर्म नै कमाउनु थियो भनें कुनै मन्दिरमा पुजा गर्थे, गुम्बामा लाख बत्ती बाल्ने थिए नि तर त्यो भन्दा ठूलो भनेको मानव जिवनलाई नै संकट परेको बेला त्यो संकटलाई सामना गर्न, परेको सहयोग गर्नु सबै भन्दा उत्तम धर्म हो । जुन मलाई लागेकोले म लगायत मेरा नजिकका साथीहरु मिलेर यो कोरोनाको महामारीको बेलामा निम्न आय भएका जो बिहान बेलुका छाक टार्न दैनिक ज्याला मजदुरी गर्नुपर्छ, जो आँखा, हातखुट्टाको सहारा घुमाएका व्यक्तिहरु हुनुहुन्छ उहाँहरु साँच्चै नै राहतको पर्खाईमा हुनुहुन्छ, हो, उहाँहरुलाई सकेको थोरै सहयोग गर्न पाउँदा धेरै खुशी लागेको छ । यो त हामी मानव भएपछी गर्नु पर्ने कर्तव्य पनि त हो । ” यो भनाई छोटो भेटमा निस्वार्थ मनका धनी, समाजसेवी, युवा नेता सिन्धुपाल्चोक जिल्ला तरुण दलका अध्यक्ष एवं नेपाली काँग्रेस महासमिति सदस्य दोर्जे लामाले गफगाफमा सुनाएको कुराकानीको सानो अंश मात्र ।

हो, नेता लामाले विश्व नै महामारी रुपमा फैलिरहेको कोरोना भाइरसबाट प्रत्यक्ष प्रभावमा परी काठमाडौंमा फसेका करिब १३०० परिवारलाई खाद्यान्न सामाग्री डेराडेरामा पुर्याईदिएका थिए । घामपानी नभनी, नजिकको टाँढाको नभनी उहाँ लगायत सन्जय लामाले समेत सहयोग पुर्याउनुभएको हो । उहाँहरुको टिमले करिब १ महिना सम्म भान्सा टार्ने गरि राहत बितरण गरे । त्यस्तै ठाउँ ठाउँमा विभिन्न संघ संस्था, युवा क्लबहरु संग मिलेर हप्तौं खाना समेत खुवाएका थिए । कोरोना जस्तो डर लाग्दो रोग संग भन्दा काम नपाएर दैनिकी चलाउन गाह्रो भै भोकका कारण जनता भोकभोकै मर्न सक्ने स्थिति भएकोले आफ्नो ज्यानै जोखिममा राखेर यसरी दिनरात राहत सहयोगमा उत्रिनु साँच्चै नै प्रशंसानिय कार्यको रुपमा सबैले लिएका छन् । जस कारण पनि उहाँलाई अमेरिका स्थित हामी नेपाली ग्लोबल नामक संस्थाले सम्मान स्वरुप “कोभिड-१९ हिरो अवार्ड” द्वारा स सम्मान गरिएको हो । संस्थाले कोभिडको यो भयावह अवस्थामा समेत मानवसेवामा अतुलनीय योगदान पुर्याएकोमा उक्त सम्मान पत्र दिएको खुलाएका छन् । यो संस्था गैर राजनीतिक, गैर नाफामुलक र कुनै जात, धर्मबाट स्वतन्त्र रहेको छ । यो अवार्ड पाए पश्चात् लामाको प्रशंसा चारैतिरबाट भैरहेको छ ।

|| दोर्जे लामा समाजसेवी युवा नेताको रुपमा चर्चै चर्चामा ||

भोटेकोसी गाउँ पालिकाका लामा सफल व्यवसायी समेत हुनुहुन्छ । यो भन्दा अघि पनि परेको ठाउँमा सक्दो सहयोग गर्दै आउनुभएको छ । सबै भन्दा चर्चाको कुरा उहाँले आफ्नै व्यक्तिगत लगानीमा भोटेकोसी गाउँपालिका–१ को घिप्चे र बाह्रबिसे नरपालिका–७ को घुम्थाङ जोड्ने बिम्बु खोलामा पक्की नै पुल निर्माण गराईदिनुभयो । जसको प्रशंसा गरेर साध्य छैन भन्दै सुनाउँथे स्थानीय लाभान्वित जनताहरु ।

स्थानीयहरु सो पुल नहुँदा अघि काठको फड्के पुल सम्झिँदै बिम्बु खोला तरेर वारिपारि गर्दा कुन दिन मर्ने हो भन्ने चिन्ताले पिरोल्थ्यो, तर जब पक्की पुल बन्यो त्यसपछि उनिहरु मेलापात, घाँस दाउरा अनि बजार आवतजावत गर्न समेत राहत मिल्यो । त्यस्तै अति विकट विभिन्न ग्रामीण एवं हिमाली क्षेत्रका विद्यालयहरुमा अध्ययन गर्ने विद्यार्थीहरुलाई ब्याग, शैक्षिक सामाग्री, न्यानो कपडा समेत वितरण गर्न पछि परेनन् । त्यस्तै बेलाबेलामा असाहाय, अपांग, दृष्टिविहीनहरुलाई खाद्यान्न, लत्ताकपडा सहयोग गरिरहेका हुन्छ्न् । जति सुकै सहयोग गरेर पनि नथाक्ने लामा अन्तिममा सुनाउनुहुन्छ “जति हामी बाँड्छौं, त्यति नै हामीलाई लाभ हुन्छ” तसर्थ सबैलाई दिल खोलेर परेको बेला सकेको सहयोग गरौं ।

“तस्वीर आफै,बोल्छ” दोर्जे लामाले गरेका सामाजिक कार्यहरुको तस्वीरहरु – फोटो फिचर

व्यवसायीक बाख्रा पालन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here