सिन्धुपाल्चोकका यी २२ महिला आज कुवेतबाट आउँदै

0
1474

२८ जेठ २०७७, सिन्धुपाल्चोक
प्रीतम तामाङ
कोरोना भाइरसले गर्दा बिश्वका कयौं देश लकडाउन गरेको महिनौं बितिसक्यो । यसले उद्योग व्यवसाय देखि बैदेशिक रोजगारीमा समेत ठूलो असर पुर्याएको स्पष्ट छ । यस्तैमा लकडाउनका कारण कतिपय भिसा सकेका र कतिपय रोजगारी गुमेका सयौं नेपालीहरु बिदेशी भुमिमा अलपत्र परे । महिनौं उनिहरु अरुको देशमा समस्या संगै जुद्दै जिउनुपर्यो ।

पछिल्लो समय यसरी बिदेशमा फसेका नेपालीहरु सरकारला बिरुद्ध उद्दार नगरेको भन्दै आक्रोशित समेत भएको भिडियो अनि समाचारहरु सुन्न अनि पढ्न पाए । यस्तैमा नेपालमै लकडाउनको करिब ३ महिना पुगनपुग हुँदै गर्दा विमान चार्टर्ड गरेरै नेपाली आफ्नो देश फर्किन थालेको छ ।

यसरी बिदेशबाट आफ्नो देश आउन पाउनु खुशीको कुरा छदैछ । तर नेपाल मै रहेकाहरु भनें व्यवस्थित क्वारेन्टाइन र बिश्वासिलो चेकजाँच नभएको भनेंर कोरोनाबाट थप संक्रमित बढ्ने डरमा छन् ।

यसै क्रममा पटकपटक गर्दै विभिन्न देशमा फसेका नेपालीहरुलाई स्वदेश ल्याउने क्रम बढिरहेको बेला आज जेठ २८ गते भनें सिन्धुपाल्चोकको मात्र २२ जना महिला स्वादेश फर्किँदै छ । सिन्धुपाल्चोक थाङ्पालकोट, दुवाचौर, पाङ्ताङ, बाँसखर्का, गुम्बा, घुम्थाङ, चौतारा, भोटेचौर, मेलम्ची, हेलम्बु, महंकाल र जुगलका रहेका छन् ।

यी स्थानका स्थानीय सरकारले आवश्यक प्रवन्ध मिलाएर सुरक्षित रुपमा उनिहरुलाई क्वारेन्टाइनमा राखेर चेकजाँच गरेर मात्र गाउँ प्रबेश गरेमा उपयुक्त हुने जनगुनासो पनि आईरहेको छ । लिस्ट:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here