जुगल गाउँ पालिकालाई कोरोना प्रतिरोध सामाग्री

0
683

जुगल गाउँ पालिकालाई कोरोना प्रतिरोध सामाग्री

२४ जेठ २०७७, सिन्धुपाल्चोक, जुगल
कोरोना काेभिड १९ महामारीका बेला यसको प्रतिरोधमा प्रयोग हुने मास्क लगाएतका सुरक्षाा सामाग्रीकाे अभाव भैरहेको बेला
जुगल गाउँ पालिकालाई उक्त सामाग्रीहरु प्राप्त भएको छ । ने क पा बाग्मति प्रदेश आर्थिक विभाग सदस्य इश्वर गुभाजु मार्फत १० हजार सर्जिकल मास्क, २ सय थान N95 मास्क र ५ थान इन्फ्रारेड थर्माेमिटर (थर्मल गन) सहयाेग प्राप्त भएको गाउँ पालिका महासंघका अध्यक्ष एवं जुगल गाउँ पालिका अध्यक्ष होम नारायण श्रेष्ठ र जुगल नेकपा राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष फुलकाजी स्याङ्बो ( वान पिस स्याङ्बो ) ले गोल्चे सन्चारलाई जानकारी दिनुभएको हो ।

नेता गुभाजुले काेराेना संक्रमितहरूलाइ उपचारमा संलग्न हुने स्वास्थ्यकर्मी र संक्रमित व्यक्तिका लागि N95 मास्क जुगल गाउँ पालिका अध्यक्ष ज्यू लाई कार्यालयमै पुगि हस्तानतरण गर्नु भएको थियो  ।

अध्यक्ष श्रेष्ठले यस्तो महामारीको समयमा बजारमा अति अभाव भैरहेको कोरोना प्रतिरोधात्मक सामाग्री उपलब्ध गराउनुभएकोमा गाउँ पालिकाको तर्फबाट आभार व्यक्त गरेको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here