सिन्धुपाल्चोकमा कोरोना संगै फौजी किरा र सलह को त्रास

0
1783

सिन्धुपाल्चोकमा कोरोना संगै फौजी किरा र सलह को त्रास

१७ जेठ २०७७, सिन्धुपाल्चोक
कोरोनाले संसारको अर्थतन्त्र देखि जनजीवन क्षतविक्षत पारिरहेको बेला नेपालमा पनि कोरोना संगै कृषि क्षेत्रमा हुर्कँदै गरेको मकै, आलु, भटमास लगायतको खाद्यान्न बालीमा भनें फौजी किराको आक्रमणले सखाप पार्दै आएको छ । जसले गर्दा कृषकमा भनें थप चिन्त उत्पन्न गराएको छ । सिन्धुपाल्चोकका विभिन्न स्थानहरुमा लगाएको सयौं रोपनी जग्गामा लगाएको हुर्किसकेको मकै, आलु फौजिले तहसनहस पारेका छन् । जानकारीमा आए अनुसार सुनकोसी गाउँ पालिकाका केही स्थान, जुगल गाउँ पालिकाका केही गाउँहरुमा समेत यसले ठूलो क्षति पुर्याएको स्थानीय बताउँछ्न् ।

कोरोना, फौजी किरा पछि सलह को डर । सलह के हो ? यसले के गर्छ ?

सहलको तौल औसत मात्र २ ग्राम जति हुन्छ । खान्छ पनि त्यति नै । तर जब यो सलह लाखौं करोडौंको संख्याको बथान बनाएर हमला गर्छ तब केही मिनेटमा नै यसले पूरा बाली नै बर्बाद गर्न सक्छ । सलह सुनसान इलाकामा पाइन्छ ।

सलह यसपटक पुनः चर्चामा छ । सलह फट्यांग्रा (लकस्ट) को वैज्ञानिक नाम स्चिस्टोसिरका ग्रेगारिया हो। यसको एक बथान (झुन्ड) अफ्रिकाबाट खाडी मुलुक, इरान र पाकिस्तान हुँदै भारत छिरेको छ। अर्को बथान हिन्द महासागर हुँदै भारतमा प्रवेश गरेको छ। भारतको दिल्ली, उत्तर प्रदेश, झासीलगायत स्थानमा यसको बथान प्रवेश गरिसकेको छ । यसरी छिमेकी देशमा आईसकेकोले नेपालमा यसले प्रवेश गर्न सक्ने भएकोले यसको सावधान अपनाउनु पर्ने भएको छ । यदि यो अवस्थामा नेपालमा सलह प्रबेश गरे अनिकाल आउन सक्ने प्रष्ट छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here