प्रेस युनियन सिन्धुपाल्चोकको प्रशंसानिय कार्य, ५५ पत्रकारको गरे कोरोना बिमा

0
185

प्रेस युनियन सिन्धुपाल्चोकको प्रशंसानिय कार्य, ५५ पत्रकारको गरे कोरोना बिमा

१६ जेठ २०७७, सिन्धुपाल्चोक
नेपाल प्रेस युनियन जिल्ला शाखा सिन्धुपाल्चोकले आफ्ना ५५ जना सदस्यको बीमा गरेको छ । शाखा अध्यक्ष दुर्गा आचार्यका अनुसार कोरोनासँग सम्बन्धित समाचार संकलनमा खटिने सकृय  सञ्चारकर्मीलाई सहयोग पुर्याउने उद्देश्यले प्रतिव्यक्ति १ लाख बराबरको कोरोना बीमा गरिएको बताउनुभयो ।

यो बिमा बराबरको रकम पिसीआर परीक्षणबाट पोजिटिभ देखिएमा त्यस्ता सदस्यले शाखामार्फत तत्कालै १ लाख पाउनेछन् । यस्तो रकम पाउन भने बीमा गरिएको १५ दिनपछि पोजिटिभ देखिनुपर्नेछ ।

संगठनले ठूलो सहयोग गर्न नसकेपनि शाखा सदस्यहरुलाई काममा हौसला प्रदान गर्न सानो प्रयासको थालनी गरेको अध्यक्ष आचार्यले बताइन् । काठमाडौंलाई कर्मथलो बनाएर क्रियाशील केही सदस्यहरुले आआफ्नो सञ्चारमाध्यममार्फत बिमा गरेको जानकारी पनि आचार्यले दिइन् ।

शाखाले आर्थिक भार आफैंले व्यहोरेर आजैबाट लागू हुनेगरी ५५ जनाको बीमा गरेको छ । आचार्यले भनिन, ‘अप्ठेरो अवस्थामा जोखिम बहन गरेर पहिलो पंतीमा रहेर काम गर्ने सदस्यका लागि भविष्यमा अन्य सहयोग जुटाउने प्रयास भइरहेको छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here