जनताको असली नेता मोहन बहादुर बस्नेत, जसले भर्खरै गरे यस्तो प्रशंसानिय कार्य

0
928

जनताको असली नेता मोहन बहादुर बस्नेत, जसले भर्खरै गरे यस्तो प्रशंसानिय कार्य

५ जेठ २०७७, सिन्धुपाल्चोक
नेपाली कांग्रेसका केन्द्रिय सदस्य पुर्व सूचना तथा सञ्चार मन्त्री एवं नेपाली काँग्रेसका खेलकुद विभाग प्रमुख समाजसेवी मोहन बहादुर बस्नेत द्वारा नेपालमा पहिलो कोरोना भाइरस बाट मृत्यु भएकि बाह्रबिसे ९ कि महिला बाट भर्खर जन्मिएको नवजात शिशु को लागि ५००००/- पौष्टिक आहारको लागि तत्काल नगद सहयोग र १२ कक्षा सम्म नि:शुल्क शिक्षाको लागि जिम्मा लिने ग्यारेन्टी गर्नुभएको छ । त्यस्तै अन्य विभिन्न सहयोग र उच्च शिक्षा पश्चात् रोजगारीको समेत ग्यारेन्टी गराउनुभएको उहाँले बताउनुभयो ।

नेता बस्नेत सिन्धुपाल्चोकमा मात्र नभै देशै भर आफ्नो देश र जनतालाई अप्ठ्यारो परिआएको समयमा तत्काल जस्तो सुकै चुनौती संग जुद्दै सहयोगको लागि अघि सर्ने नेताको रुपमा परिचित छन् । उहाँले सिन्धुपाल्चोकलाई यस अघि आईपरेका दैवीप्रकोप वाढी पहिरो, भुकम्प लगायतको बेला जनताको घरमै पुगेर खुलेर सहयोग गर्ने गरेको थुप्रै उदाहरण सबै सामु छर्लङ्ग रहेको युवा नेता एवं बलेफी गाउँ पालिका नेपाली काँग्रेसका प्रत्यासी उम्मेदवार राम कुमार लामा सुनाउनुहुन्छ । लामाको अनुभवमा सिंगो सिन्धुवासीको बिकासको लागि दिल खोलेर लाग्ने एक मात्र नेता जो जनताको असली नेता हो भन्नू हुन्छ ।

बिश्वभर फैलिएको कोरोना भाइरसले गर्दा आफ्नो जिल्ला सुरक्षित होस् भनेंर उहाँले लकडाउन गर्ने बित्तिकै जनताको घरघरमा पुगेर कोरोनालाई प्रतिरोध गर्ने सामाग्रीहरु मास्क, सेनिटाइजर, ग्लब्स वितरण गर्नु भएको थियो । त्यस्तै सिन्धुपाल्चोकका प्राय कुना कुनाका स्वास्थ्यचौकीहरुलाई सरकारले समेत उपलब्ध गराउन नसकेको पिपिई, आइसियु बेड, साधारण बेडहरु समेत दिनुभएको थियो । जसको सिंगो सिन्धुवासिले मात्र नभै सबै नेपालिले उच्च प्रशंसा समेत गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here