भोट माग्न मात्र हैन यति बेला राहत लिएर जनताको झुपडीमा पनि पुग्नुस्

0
549

२६ बैशाख २०७७, सिन्धुपाल्चोक
नेपाल सरकारका अर्थ मन्त्रीले समेत राहत दिन नसक्ने घोषणा गरिसकेको छ । उहाँले राहत दिनका लागि कर बढाउनु पर्छ भन्ने धारणा व्यक्त गरेको थियो । लकडाउनको समयसिमा बढाएर डेढ महिना पुगिसकेको अवस्थामा दैनिक ज्याला मजदुरी गरि बाँच्ने परिवारहरुको लागि साँच्चै ज्यान जोगाउन मुस्किल परिसकेको छ । कमाउन जाउँ जाने ठाउँ छैन, घरको काम गरौं त खेतबारी पनि त छैन । यी र यस्ता श्रमजीवी जनताको चुल्हो यतिबेला निभ्न मात्र खोजेको छैन कि जिवन नै निभ्न बेर छैन । यस्तो समयमा समेत चुनावका बेला झुप्रो देखि कुना कन्दराका जनताको घर घर पुग्ने अनि चुनाव जित्नकै लागि ठूलो ठुली भाषण गर्ने नेता ज्युहरु कुन दुलोमा लुके त्यो थाहा छैन । यहाँ अनुमान लगाउँदा लाग्छ कोरोनाबाट यिनिहरु मात्र वचन पाए हुन्छ । जनताको के को मतलब ?

यस्तै सिलसिला नेपाली काँग्रेस सिन्धुपाल्चोक क्षेत्र नं १ का सभापति बालकृस्ण बस्नेतले भनें भोक भोकै बस्न बाध्य जनताको झुपडी सम्मै राहत लिएर पुगिरहेका छन् । उहाँले “खाना पुगेस्, दिन नपुगोस्” भन्ने धारणाका साथ दैनिक ज्याला मजदुरी गर्ने देखि निम्न आय स्तर भएका जनताहरुको घर घरमा नै राहत पुराईरहेका छन् । उहाँले नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं पुर्व सुचना तथा संचार मन्त्री मोहन बहादुर बस्नेतले विभिन्न स्वास्थ्यचौकी देखि जनताहरुलाई मास्क, सेनिटाईजर, ग्लब्स लगायत सहयोग गरेको कार्यक्रमलाई हातमा हात काँधमा काँध गरेर लाग्नु भएको थियो ।

जिल्लामा कोरोनाबाट जनतालाई बचाउन उहाँ लगायत अन्य नेता कार्याकर्ताहरुले सकेको सहयोगमा दिनरात जुटिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here