युवा व्यवसायी विनोद लामाले बाँडे ३५ विपन्न परिवारलाई राहत

0
147

युवा व्यवसायी विनोद लामाले बाँडे ३५ विपन्न परिवारलाई राहत

२४ बैशाख २०७७, सिन्धुपाल्चोक, याङ्लाकोट
लकडाउनका कारण ज्याला मजदुरी गर्दै दैनिक जीवन यापन गर्न अति गाह्रो भएका सिन्धुपाल्चोक जुगल गाउँ पालिका ७ याङ्लाकोटका ३५ दलित विपन्न परिवारलाई स्थानीय युवा व्यवसायी एवं समाजसेवी विनोद लामाले राहत बाँडेका छन् । लामाले व्यक्तिगत खर्चमा आफ्नै स्थानीय वडाका अति विपन्न परिवारको समस्यालाई केही राहत होस् भनी आफुले सकेको सहयोग गरेको बताउनुभयो । आफुले गरेको सहयोगको कुनै दम्भ नरहेको यो मर्द पर्दा संधै ठोक्किने आफ्ना ईष्टमित्रहरुलाई केही दिन भएपनी सानो सहयोग होस् भन्ने आफ्नो मनसाय रहेको जानकारी दिनुभयो ।

जुगल ७ का वडा अध्यक्ष दिल कुमार लामाले यस्तो महामारीको समयमा आफ्नो स्थानीयलाई गरेको राहत सहयोगको खुलेर प्रशंसा गर्नुभयो । यो विपतको घडीमा ज जस्ले जति सकिन्छ त्यति सहयोग गर्न आग्रह समेत गर्नुभयो ।

राहत प्राप्त गरेका स्थानियहरुले लकडाउनका कारण कुनैपनी काम गर्न नपाएकोले चुलो बाल्न समेत गाह्रो भैरहेको बेला यसरी व्यक्तिगत खर्चबाटै पनि राहत वितरण गरेकोमा लाखौं लाख धन्यवाद दिँदै सबैलाई कोरोना नलागोस् भन्ने कामना गर्दछु भन्ने प्राथन गरेको बताउनुहुन्छ । भिडियो ;

युवा व्यवसायी विनोद लामाले जुगल गाउँ पालिका वडा नं. ७ याङ्लाकोटका दलित विपन्न परिवारलाई राहत वितरण गर्दै ।

Posted by Golche Sanchar गोल्चे सञ्चार on Wednesday, May 6, 2020

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here