पानीमा भिज्दै, राहत पुर्याउँदै काँग्रेस नेता दोर्जे लामा

0
579

२२ बैशाख २०७७, काठमाडौं
तरुण दल सिन्धुपाल्चोक जिल्ला अध्यक्ष तथा नेपाली काँग्रेस महासमिति सदस्य दोर्जे लामाको नेतृत्वमा लगातार काठमाडौं उपत्यका वरपर बस्दै आएका सिन्धुवासिहरुलाई राहत पुर्याउने क्रम जारी छ । आज पनि नेता लामाले सिन्धुपाल्चोकका विभिन्न स्थानका परिवार जो काठमाडौंमा बस्दै आएका परिवारहरुलाई झरी पानी नभनि भिज्दै जडिबुटी, गट्ठाघर, सुर्यविनायक वरिपरि आफैंले रासन पानी पुर्याईदिएका छन् ।

गोल्चे संचार संग जानकारी दिने क्रममा उहाँले सम्पर्कमा आएका काठमाडौंमा लकडाउनका कारण फसेका सिन्धुवासिहरुलाई पायक पर्ने सम्ममा सकेको रहात पुर्याउँदै जाने बताउनुभयो । साथै जिल्लावासिलाई परेको हर समस्यामा आफू लागिपर्ने र अझै राहत वितरण गर्दै जाने पनि जानकारी गराउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here