१३ दिन देखि बेपत्ता भएका बलेफी ४ को सुरजलाई हेलिकप्टरद्वारा उद्दार गरि काठमाडौं

0
521

१९ बैशाख २०७७, रसुवा
२०७६ चैत ११ गते देखि भएको लकडाउन भएपछि रसुवामा सन्चालित CW कंपनिमा कार्यरत सिन्धुपाल्चोक बलेफी गाउँ पालिका ४ करङ्गैराका सुरज तामाङ २०७७ बैशाख ६ गते घर भनी निस्किएपछी सम्पर्क बिहिन भै करिब ११ दिन देखि बेपत्ता भएका थिए । उनी मौसम खराबीका कारण हिउँ निरन्तर परेको कारण हिउँमा मात्रै १० दिन फसेर आफैं निस्किन सफल भएको जानकारी वडा अध्यक्ष काली प्रसाद तामाङले दिनुभयो ।

तामाङ १७ गते आफैं निस्किन सफल भै नुवाकोट जिल्ला दुप्चेश्वर गाउँपालिका वडा न.१ को घ्याङ्फेदी भन्ने ठाउँमा सुर्यकुन्ड फेदि दावादेवी होटेलमा रहेको लाङटाङ रास्टृय निकुञ्जमा तैनाथ आर्मिको सम्पर्कमा पुगेको थियो । आज बिहान उनलाई हेलिकप्टर मार्फत उपचारको लागि  काठमाडौं लगिएको छ । हिउँले उनको हातखुट्टा चल्नै नसक्ने भएकोले चाँडो भन्दा चाँडो उपचार गर्नुपर्ने अध्यक्ष तामाङले गोल्चे सन्चारलाई जनकारी दिनुभएको हो ।

यस कार्य मा विशेष सहयोग पुर्याएका केन्द्रिय सदस्य माधब सापकोटा सुबोध, बलेफि गाउँपालिकाको अध्यक्ष केदार क्षेत्री, सभामुखको सचिवलय गोबिन्द पाठक , रसुवाको पत्रकार हेमनाथ देवकोटा ,सेना प्रहरी ,रेडियो सिन्धु लगायत सम्पुर्णलाई धन्यवाद ज्ञापन गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here