सिन्धु तरुण दल खाद्यान्न राहत लिएर काठमाडौं बस्ने सिन्धुवासीको डेरा डेरा पुग्दै

0
1084

१९ बैशाख २०७७, काठमाडौं
सिन्धुपलचोक तरुण दल द्वारा सिन्धुपाल्चोक घर भै काठमाडौंका विभिन्न ठाउँमा बस्दै आएका करिब ४५० परिवारलाई खाद्यान्न राहत वितरण गरेको छ । ३ – ४ दिन देखि लगातार सिन्धुपाल्चोक तरुण दलका अध्यक्ष दोर्जे लामा, तरुण दल महाधिवेशन प्रतिनिधि संजय लामाको प्रयासमा विपन्न वर्ग, अपांग, दृष्टिविहीनहरुलाई डेरा डेरा मै पुर्याएको अध्यक्ष लामाले गोल्चे सन्चारलाई जानकारी दिनुभयो ।

हिजो नामग्यल चोक, गोकर्ण, माकालबारी, स्वायम्भु, जोरपाटी, नयाँबस्ती, नारायणटार लगायतका ठाउँहरुमा पुर्याएका थिए । राहत पाएका सिन्धुपाल्चोक बलेफी ३ का अनिल गोलेले सरकरले समेत हामी जस्तो सानोतिनो काम गर्नेको लागि कुनै राहतको पहल नगरेको बेला व्यक्तिगत रुपमा सिन्धुपाल्चोक तरुण दलले गरेको कदमको खुलेर प्रशंसा गरे ।

सिन्धुपाल्चोक बासी कोहि काठमाडौंमा राहतको अभावमा बस्नु भएको छ भनें राहत नदिई नहुने हरुलाई कुनै पनि कसर नछोडेर डेरामै पुर्याउनेछु” अध्यक्ष लामा भन्नुहुन्छ । यदि त्यस्तो कोहि हुनुहुन्छ भनें आफुलाई सम्झिन समेत आग्रह गर्नु भएको छ । जहाँ अभाव हुन्छ सो ठाउँमा तुरुन्तै पुगेर सहयोग गर्ने वचनवद्दता दिनुभएको छ । अध्यक्ष दोर्जेले थुप्रै सामाजिक कार्यहरुमा आफुले सकेको सहयोग गर्दै आएको छ । उहाँले आफ्नो गाउँ नजिकै व्यक्तिगत खर्चमा पुल निर्माण गरेको विषयले निकै चर्चा समेत पाउनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here