तरुण दल सिन्धुपाल्चोकको नेतृत्वमा अपांग, दृष्टिविहीन सहित ३०० विपन्न परिवारलाई राहत

0
845

१७ बैशाख २०७७, काठमाडौं
देशमा आईपर्ने जस्तो सुकै दु:खद घडीमा सहयोग गर्दै आएको नेपाल तरुण दलको सिन्धुपाल्चोक जिल्ला समितिको नेतृत्वमा काठमाडौंमा बस्दै आएका सिन्धुकै करिब ३०० विपन्न परिवारलाई राहत वितरण गरेका छन् । लकडाउनले गर्दा दैनिक रुपमा ज्याला, मजदुरी गर्दै आएका परिवारहरुलाई जिरा मसिना चामल १ बोरा, दाल १ केजि, तेल १ लिटर र नुन १ पोकाका दरले वितरण गरेको हो । राहत पाउनेमा विपन्न परिवारको साथै अशक्तअपांग, दृष्टिविहीन समेत रहेको तरुण दल सिन्धुपाल्चोकका अध्यक्ष दोर्जे लामाले जानकारी दिनुभयो । लामाले अझै विपन्न वर्गका लाई खोजी खोजी डेर डेरमा पुर्याउने समेत जानकारी दिनुभयो ।

खाद्यान्नको गाडी सहित काठमाडौंका सुकेधारा, नयाँ बसपार्क , सोह्र खुट्टे, किर्तिपुर, मालक्ष्मीस्थान, पुतलिसडक, मैतिदेबी र कालोपुल गरि ८ स्थानहरुमा हिजो १६ गते बाँडेको थियो ।

त्यस्तै आज बिहान भनें नारायणटार युवा क्लबको संयोजकत्वमा  आज १५ जना अपङ्ग्ता भएका मानिसहरु साथै अन्य विपन्न परिवारलाई खाद्यान्न राहत उपलब्ध गराएको थियो । अध्यक्ष दोर्जे लामाले तरुण दलले जस्तो सुकै आईपर्ने दुखमा सहयोग गर्दै आएको बताउनुहुन्छ । उहाँका अनुसार २०७२ सालको महाभुकम्प, भोटेकोसी बाढी, जुरो पहिरो जस्ता सिन्धुपाल्चोकलाई धेरै भौतिक एवं मानविय क्षति पुर्याएका विनासहरुमा समेत स्वत स्फुर्त रुपमा सिन्धु तरुण दृढताका साथ सहयोग गर्दै आएको स्मरण गराउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here