जय गौलक निर्माण सेवाका संचालक युवा व्यवसायी विनोद लामाले गरे राहत सहयोग

0
431

१२ बैशाख २०७७, भक्तपुर
लकडाउनले गर्दा समस्यामा परेका ३२ परिवारलाई खाद्यान्न वितरण गरेका छन् । जय गौलक निर्माण सेवाका संचालक विनोद लामाको बिशेष पहलमा खाद्यान्न उपलब्ध गराएका हुन् ।

लकडाउनको १ महिना बितिसकेको अवस्थामा हुनेखानेहरुलाई गाह्रो नपरेपनी हुँदा खाने परिवारहरुलाई भनें धेरै समस्या पर्न थालेकोले सकेको पहल गरेर सहयोग गरेको लामाले गोल्चे संचारलाई बताउनुभयो । हामिले समस्यामा परेको बेला जुनसुकै बेला सकेको सहयोग गर्न पछि पर्न नहुने समेत सुनाउनुभयो । साथै अझै लकडाउन बढेमा यस्तै सहयोग गर्दै जाने उहाँको भनाई छ । साथै उहाँले सबैलाई लकडाउनको पुर्ण परिपालन गरि सरकारलाई सहयोग गर्न समेत सबैमा हार्दिक अनुरोध गर्नुभएको छ ।

हाम्रो गाउँ राम्रो ठाउँ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here