जुगल ७ याङ्लाकोटको युवामा कोरोना नभएको पुष्टि

0
623

जुगल ७ याङ्लाकोटको युवामा कोरोना नभएको पुष्टि

१० बैशाख २०७७, सिन्धुपाल्चोक
र्यापिड टेस्टमा कोभिड १९ को पोजिटिभ देखिएको भनिएका सिन्धुपाल्चोक जुगल गाउँ पालिका वडा नं. ७ याङ्लाकोटका युवामा दोश्रो अर्थात पिसिआर प्रणालीबाट गरिएको परिक्षणमा नेगेटिभ भएको वडा अध्यक्ष दिल कुमार लामाले गोल्चे सन्चारलाई जानकारी दिनुभएको छ । जलबिरे प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएका सो युवालाई शंका लागेकोले गरिएको परिक्षणले कोरोना हो या होइन भन्ने प्रमाणित नभएपछी अर्को परिक्षण गरेर पनि रिपोर्ट आईसकेकोले उहाँलाई घर पठाउने बताउनुभयो ।

साथै जुगल याङ्लाकोटको युवामा कोरोना भएको भनी भएको हल्ला मात्र भएकोले सबैमा सुरक्षित भै हल्लाको पछि नलाग्न समेत आह्वान गर्नु भएको छ । सबैमा संयमित भै सरकारले गरेको लकडाउनलाई पुर्ण रुपमा पालना गर्दै सरसफाइमा ध्यान दिन समेत सुझाव दिनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here