देशको राजस्वको २०% हिस्सा ओगट्ने मदिरा व्यवासाय निश्चित समय खोल्न पाउनु पर्छ – मदन गौतम

0
565

८ बैशाख २०७७, काठमाडौं
कोरोना भाइरस संक्रमण फैलिन नदिन सरकारले गरिएको लकडाउनको करिब १ महिना बितिसकेको छ । यो अवस्थामा अति आवश्यक खाद्यान्न बाहेकको बस्तुहरुको बिक्री गर्ने व्यवसायहरु भनें बन्द गरेका छन् । जसमा मदिरा व्यवसाय पनि बन्द हुने व्यवसाय भित्र परेको छ । यसरी बन्द हुँदा यस व्यवसाय सँग आवद्ध व्यवसायीहरुले भनें आवाज उठाउन थालेका छन् । मदिरा व्यवसायीहरुको छाता संगठन मदिरा व्यवसायी महासंघ नेपालले निश्चित मापदण्ड बनाई सरकारले व्यवसाय सन्चालन गर्न दिनुपर्ने माग राख्दै आएको छ । महासंघले केही डिपार्टमेन्ट स्टोरहरुलाई मात्र खोल्न अनुमति दिई उनिहरुले नियम बिपरित लुकिछिपी मदिरा, चुरोट बिक्री गर्न पाईरहँदा नियम भित्र रहेर सरकारलाई राजस्व तिरिरहेको आफुहरुको व्यवसाय बन्द गराउँदा सरकारले विभेद गरेर सौतेनी व्यवहार गरेको महशुस भएको बताउनुहुन्छ मदिरा व्यवसायी महासंघ बाग्मती प्रदेशका अध्यक्ष मदन गौतम ।

उहाँका अनुसार बाग्मती प्रदेशमा मात्रै करिब ३० हजार बढी सरकारको नियम भित्र रहेर दर्ता भएको मदिरा व्यवसायीहरु छन् । जसमा डिलर, होलसेल, रिटेलर पर्दछन् । देश भरिको मदिरा व्यवसायी, मदिरा कंपनीबाट मात्र कुल बजेटको राजस्वको २०% हिस्सा ओगटेको छ । लकडाउनले गर्दा उद्योगहरु समेत पुर्ण रुपमा बन्द छन् । यस क्षेत्रमा आधारित हजारौं कर्मचारी बस्नु परेको छ । व्यवसायीहरुले यी कर्मचारीहरुलाई कसरी तलब खुवाउने ? कसरी भाडा तिर्ने ? बैंकको ब्याज कसरी तिर्ने ? यसमा सरकारले कसरी सम्बोधन गर्ने हो ? भन्दै प्रश्न गर्नुहुन्छ अध्यक्ष मदन गौतम ।

सरकरको नियम भित्र रहि सन्चालित मदिरा व्यवसाय बन्द गरेको छ । अवैध घरपालुवा मदिराको बिक्री बढिरहेको छ । जसले गर्दा देश एउटा विषम परिस्थितिबाट गुज्रिरहेको बेलामा देशको अर्थतन्त्रको मुल हिस्सा लाई नै बन्द गरेर राख्दा झनै ठुलो घाटा व्यवसायी सँगै देशलाई पनि छ । त्यसैले सरकारले यो बारेमा छिटो भन्दा छिटो सोच्न आवश्यक रहेको उहाँको धारणा छ ।

अहिले सरकारले गरेको केही कदम प्रती अध्यक्ष गौतम असन्तुष्टि पोख्दै भन्नू हुन्छ “शहरका ठुला ठुला सपिङ स्टोरहरु जस्तै भाटभटेनी, ग्रोसरी, किराना पसलहरु खोल्न दिएको स्मरण गराउँदै उनिहरुलाई खाद्यान्न मात्र बिक्री गर्न भनें पनि नियम बिपरित लुकाई लुकाई मदिरा, चुरोट बेच्दा समेत मुकदर्शक बनिरहेको बताए । तर जो नियम भित्र रहि सन्चालित मदिरा व्यवसाय बन्द गरेर विभेद गरेको छ । निश्चित मापदण्ड सरकारले बनाई कम्तिमा दिनको १-२ घण्टा मात्र भएपनी मदिरा व्यवसाय खोल्न पाउनुपर्ने माग समेत राख्दै सरकारले यस तर्फ बिशेष रुपमा छिटो भन्दा छिटो ध्यान दिन जरुरी रहेको बताउनुहुन्छ । यसको लागि सम्बन्धित सबैले आ आफ्नो ठाउँबाट सरकारलाई आग्रह गर्न समेत उहाँले अपिल गर्नु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here