राजस्व तिर्ने मदिरा व्यवसायी सडकमा आउन धेरै दिन लाग्दैन “निश्चित समय मदिरा व्यवसाय खोल्न पाउनुपर्छ ” अध्यक्ष शेर्पा

0
3939

राजस्व तिर्ने मदिरा व्यवसायी सडकमा आउन धेरै दिन लाग्दैन “निश्चित समय मदिरा व्यवसाय खोल्न पाउनुपर्छ ” अध्यक्ष शेर्पा

६ बैशाख २०७६, काठमाडौं
लकडाउनको करिब १ महिना पुग्नै लाग्दा मदिरा व्यवसायीहरुले भनें पसल खोल्न अनुमती सरकारले दिनुपर्ने आग्रह गरेका छन् । कोरोना भाइरस फैलन नदिन गरिएको लकडाउनको अवस्थामा सरकारले अत्यावश्यक खाद्यान्न तथा स्वास्थ्य सेवाका पसल बाहेक सबै बन्द गराएको छ । जसमा मदिरा व्यवसाय पनि परेका छन् । यसरी मदिरा पसलहरु बन्द भएपनी खाद्यान्न पसलहरुबाटै गैरकानुनी रुपमा मदिरा बिक्री भैरहेको गुनासो मदिरा व्यवसायिहरुको हकहितका लागि स्थापित मदिरा व्यवसायी महासंघ सम्बद्ध पदाधिकारीहरुले बताउन थालेका छन् ।

महासंघका केन्द्रिय अध्यक्ष सोनाम शेर्पाका अनुसार अहिले सरकारको नियम भित्र बसेर लाईसेन्स लिई राजस्व तिरेर व्यवसाय गर्नेहरुले व्यवसाय बन्द गर्नु पर्दा घरेलु मदिरा ( जसलाई सरकारले अवैध मदिराको रुपमा लिईन्छ ) को बिक्रीवितरण अधिक बढ्न गै राष्ट्रको राजस्व समेत गुमेको अवस्था सृजना भएको बताउनुहुन्छ । त्यस्तै घरेलु मदिरा सेवनले नागरिकको स्वास्थ्यमा समेत गम्भीर असर परेको उहाँको भनाई छ । हाल मदिरा को ब्याबसाय लकडाउन को समयमा पनि अमेरिका दुबई, ईन्डिया लगायत देशहरुमा खुल्ला गरिसकेको स्मरण गराउँदै नेपालमा भनें  सरकार को नियम मा बसेर राजस्व तिर्ने व्यवसायीहरु हतोत्साहित भैसकेको र देश लाई राजस्वमा समेत ठुलो घाटा भैरहेको छ ।  धेरै मदिरा व्यवसायीहरुलाई बैंकको लोनमा व्यवसाय गरिरहेकोले उनिहरु अब कसरी लोन तिर्ने या व्याज तिर्ने भन्ने कुराको पिरले छिटै सडकमा पुग्ने समेत अध्यक्ष शेर्पाले गोल्चे सन्चारलाई बताउनुभयो ।

शेर्पाले सरकारले निश्चित नियम लागू गरि हप्तामा निश्चित समय सिमा तोकिदिए व्यवसायीहरु हतोत्साहित नहुने र राज्यलाई नै यो बेला सहयोग पुग्ने बताउँछन् । अन्तमा ७५ वटै जिल्ला का मदिरा ब्याबसायी संघ र ७ वटै प्रदेश मदिरा संघ लाई पनि आफ्नो आफ्नो क्षेत्रबाट सरकार का प्रतिनिधि लाई दबाब बडाउन नेपाल मदिरा ब्याबसायी महासंघ का केन्द्रिय अध्यक्ष सोनाम शेर्पा ले अनुरोध गर्नु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here