कोरोनाको नाउ कमाउने दाउ, जताततै खुलेआम मूल्यवृद्धि, नियमन गर्ने निकाय नै चुप

0
271

कोरोनाको नाउ कमाउने दाउ, जताततै खुलेआम मूल्यवृद्धि, नियमन गर्ने निकाय नै चुप

४ बैशाख २०७६, सिन्धुपाल्चोक, प्रीतम गोले तामाङ
कोरोना भाइरस फैलिन नदिन देशमा बिगत चैत ११ गते देखि पटक पटक गरि समय सिमा थप्दै लकडाउनको समय बढाउँदै बैशाख १५ गते सम्म पुर्याएको छ । यो बिचमा निम्न बर्गिय र मध्यम वर्गीय परिवारहरुलाई हात मुख जोड्न कठिन हुन थाली सकेको छ । उता भाइरसका कारण बजारमा निस्किन कठिन छ भनें यता अति आवश्यक खाद्यान्न लगायत अन्य रासनका सामाग्रीमा दिनप्रतिदिन भाउ बढाईरहेको छ । शहर देखि गाउँ सम्म लकडाउनको अघि भन्दा अहिले मूल्य वृद्धि जताततै बढेको उपभोक्तहरुको गुनासो छ । तर नियमन गर्ने निकायहरु चुईक्क बोलेको समेत छैन । उल्टै नियमन गर्ने संस्थाले यस्तो कोरोनाको त्रासको बेलामा बजार भाउ भन्दा मूल्य बढाएर खाद्यान्नको दर सार्वजनिक गरेको देखिन्छ । खाद्यान्न व्यापारी लगायत यसमा संलग्नहरुले “कोरोनाको नाउ कमाउने दाउ” भने पक्कै बनाईरहेको छ । यस्तो बेलामा सहुलियतमा जनताहरुलाई खाद्यान्न लगायत अन्य आवश्यक सामाग्री उपलब्ध गराउनु पर्ने बेलामा के गर्ने यहि हो त ?

दैनिक उपभोगमा आउने ग्याँस, चामल, दाल, खाने तेल आदिमा खुलेआम मूल्य वृद्धि भैसकेको समेत उपभोक्ताहरु गुनासो गरिरहेका छन् । उदाहरणको लागि उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकले खुद्रा किराना तथा दैनिकी उपभोग्य सामाग्री को दररेट हिजो ३ गते मात्र सार्वजनिक गरेको छ । बजारको चलन चल्तीको दररेट भन्दा बढी रेट लगाइएर नियमन गर्ने संस्थाले नै यस्तो विषम परिस्थितिमा भाउ बढाएर रेट लिस्ट निकाल्नु कत्तिको उपयुक्त होला ? के भाउ बढाउने मौका यहि हो ? भन्दै उपभोक्ताहरुले भनें सामाजिक संजालमा चर्को बिरोध गरेका छन् । साथै अनुगमन गर्नु पर्ने स्थानीय सरकार के हेरेर बसेको छ कि उद्योग वाणिज्य संघ र स्थानीय सरकार को सहमतिमा मा यो मुल्य सुचि आएको हो ? भनेर समेत प्रश्न गरेका छन् ।

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले निकालेको दरभाउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here