नेता बस्नेतले गाउँ गाउँका स्वास्थ चौकीहरुलाई PPE सेट वितरण

0
228

२१ चैत २०७६, सिन्धुपाल्चोक
पुर्व सुचना तथा सन्चार मन्त्री मोहन बहादुर बस्नेतले विभिन्न स्वास्थ्य चौकिमा कार्यरत स्वास्थकर्मिहरुलाई  भाइरसबाट प्रतिरोधी पोसाक PPE सेट वितरण गरेका छन् ।

यी सामाग्रीहरु आज बाह्रबिसे नगरपालिकाको अति दुर्गम वडाको रुपमा चिनिने वडा नं.१ स्थित घोर्थली प्राथमिक स्वास्थ्य केन्द्र, सोही नगरपालिकाकै वडा नं.२, बुदेपा स्वास्थ्य चौकी र त्रीपुरासुन्दरी गाउँ पालिका वडा नं १ स्थित घोर्थली स्वास्थ्य चौकीलाई उपलब्ध गराएका हुन । उहाँले खेतबारीमा बिना मास्क काम गरिरहनु भएका र टोल टोलमा भेट भएका स्थानीयहरुलाई मास्क मात्र दिनु भएन कि कोरोना संग सावधानी हुन समेत सचेत गराउनु भयो ।

उहाँकै पहलमा यहि चैत १९ गते जिल्ला अस्पताल चौतारा, ईन्द्रावती गाउँ पालिकाको नवलपुर अस्पताल, मेलम्ची नगरपालिकाको मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रलाई समेत वितरण गरिसकेको छ ।

सो सामाग्रीहरु अहिले बिश्वमा फैलिरहेको कोरोना संगै सुगम ठाँउहरुको स्वास्थ्य संस्थाहरुमा समेत अभाव छ । झन् दुर्गमका स्वास्थ्य संस्थाहरुमा त यसको उपलब्ध हुने कुनै सम्भावना नै थिएन । यस्तो अवस्थामा पनि पुर्व सुचना तथा संचार मन्त्री एवं नेपाली काँग्रेस केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतको पहलमा सिन्धुपाल्चोकका विभिन्न स्वास्थ्य संस्थाहरुलाई यी सामाग्रीहरु उपलब्ध गराउनु भएको हो ।

यी सामग्रीहरु प्राप्त भएपछी कुनै संकास्पद बिरामीहरुलाई उपचार गर्न समेत ढुक्क हुने स्वास्थ्यकर्मीहरु बताउँछन् । उनिहरुका अनुसार अहिले सामान्य रुघाखोकी, ज्वारो आएको बिरामी आएपनी PPE को अभावमा डराउँदै उपचार गर्नु पर्ने बाध्यता रहेको बताउनुभयो ।

नेता बस्नेतले कोरोनाको संक्रमण नेपालमा समेत देखिएपछी सरकारले गरिएको लकडाउन संगै बजारमा कालोबजारी देखि कृतिम अभाव भएको मास्क, सेनिटाइजर र ग्लोब्स तिब्र रुपमा गाउँ गाउँमा आफैं पुग्नुभै वितरण गराउनुभएको थियो । त्यस्तै स्वास्थ संस्थाहरुमा क्वारेन्टाइन र आइसोलेसनका लागि दर्जनौं बेडहरु समेत वितरण गरिसक्नु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here