बाह्रबिसे नगर वडा नं १ वडा अध्यक्ष शेर्पाले बाँडे कोरोना प्रतिरोधी सामाग्री

0
474

१८ चैत २०७६, सिन्धुपाल्चोक
कोरोनाको संक्रमणलाई रोकथामको लागि स्थानीय जनप्रतिनिधिहरुले सचेतना देखि सरसफाइको सामाग्रीहरु ठाँउ ठाउँमा बितरण गरिरहेको छ । अहिले बिश्वमा फैलिरहेको कोरोनाको संक्रमणको बेला आफ्नो स्थानीय जनताको स्वास्थ्यको लागि सचेत हुनु हरेक जनप्रतिनिधिको महत्वपूर्ण दायित्व पनि हो ।

यसै सिलसिलामा बाह्रबिसे नगरपालिका वडा नं. १ का अध्यक्ष कामी शेर्पाले पनि आफैं सरसफाइको सरसामान बोकेर घरघरमा पुगेका छन् । साथै उहाँले वडाका स्वास्थ्यकर्मिलाई प्रत्येक घरमा गैइ कोरोनाबाट बच्न सचेतना कार्यक्रम समेत गरेको गोल्चे सन्चारलाई बनाउनु भयो ।

आफ्नो वडाको जनताको स्वास्थ्य नै वडाको बिकास हो भन्ने उहाँको भनाई रहेको छ । जसको लागि आफू हरदम लाग्ने र संक्रमित हुनबाट जोगिन वडा तयारी अवस्थामा रहेको सुनाए । साथै उहाँले आफ्ना वडाबासीहरुलाई सकेसम्म घर बाहिर ननिस्किन र भिडभाड नगर्न सुझाव दिएका छन् । घर बाहिरा निस्किनु परे मास्कको प्रयोग गर्न र साबुन पानीले राम्ररी हात धुन पनि आग्रह गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here