जुगलका दुई वडा अध्यक्ष कोरोना प्रतिरोधी सामाग्री बाँड्न घरघर

0
542

१८ चैत २०७६, सिन्धुपाल्चोक
बिश्वमा कोरोनाको संक्रमण बढ्दै जाँदा सिन्धुपाल्चोक जुगल गाउँ पालिकाका दुई वडा अध्यक्षहरु भनें घर घरमा कोरोना प्रतिरोधी सामाग्री लिएर पुगिरहेका छन् । कोरोनाबाट अहिले जोगिन सरकारले लक डाउन गरेको अवस्था छ । गाउँ घरमा काठमाडौंबाट सबै छिरेका छन् । हिजोआज गाउँ घरमा सबै जम्मा भएर गफ गर्ने, सामुहिक रुपमा बसेर खेलिरहेका दृश्य पनि देखिरहेका छन् । यस्तो अवस्थामा उहाँहरुले सबैलाई भित्र बस्न र भिडभाड नगर्न अमेत आग्रह गर्दै आईरहेको जानकारी दिनुभयो । कोरोना प्रतिरोधी सामग्री संगै अध्यक्ष द्वयले कोरोनबाट बच्न सचेतना समेत दिँदै आएको स्थानीयहरुको भनाई छ ।

जुगल गाउपालिका वडा नम्बर ७ मा बिश्वमा फैलिएको कोरोना भैरसको संक्रमणबाट बाच्नका लागि ब्यातिगत सरसफाई गर्नको निम्ति एकघर एक धारा बाल्टिन, ३ वटा साबुन वितरण गरेको वडा अध्यक्ष दिलकुमार लामाले आफ्नो सामाजिक संजालमा पोष्ट गरेका छन् ।

त्यस्तै सोही गाउँ पाकिका वडा नम्बर  ५ काे वडा  अध्यक्ष  सनत कुमार अधिकारी काे पहल  मा   स्थानीय   जनताहरुलाई   बाल्टीन, माक्स, साबुन, ग्लोब्स र सेनिटाइरिज वितरण गरिएको तस्बिर संगै समाजिक सन्जालमा पोष्ट गरेको देखिन्छ ।

विश्व नै यो महामारिबाट आक्रान्त बनिरहेको बेला सबै जनप्रतिनिधिहरुले यसबाट बच्ने उपाय देखि प्रतिरोध गर्न आवश्यक सामाग्री हस्तान्तरण गर्नु निकै नै उदाहरणीय कार्य हो । सबै जनप्रतिनिधिहरुले आफ्नो स्थानिय जनताहरुलाई यसरी नै घरघर सम्म पुगि सचेत गर्न सके धेरै हद सम्म यसले महत्वपूर्ण भुमिका खेल्नेमा दुई मत नहोला ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here