घर भित्र पसेर कुर्लनेहरुलाई मैले गरेको काम पचेन – नेता मोहन बस्नेत

0
1348

१८ चैत २०७६
कोरोनाले संसारलाई हल्लाई रहेको छ । विश्व नै कोरोना संग हार खएर युद्धमा हारेको सिपाही जस्तै भएर बस्नु परेको छ । यति सम्म कि बिश्वको अग्र पंतिमा स्वास्थ्य सेवा दिने देशहरु समेत हारिसकेको छ यो कोरोना भाइरसबाट । यो घटना क्रम हेर्दा लाग्छ हाम्रो नेपालले यसको सानो भाग समेत थेग्न सक्ने छैन । किनकी यहाँ शिक्षाको कमि छ । नेपालिहरु स्वास्थ्यमा त्यति चासो राख्दैनन् पनि ।

अर्को कुरा सामान्य मास्क, सेनिटाइजरमा समेत कालोबजारी, कृतिम अभाव अनि ठुला नेताहरुबाट यस्तै सामाग्रीमा खुलेआम भ्रष्टाचार गरि मूल्य आकाशिनु । अनि जनताहरुलाई भन्दै छ घर भित्रै बस्नु । तर ती गाउँ बस्ती हरुमा कोरोना के हो ? कस्तो रोग हो, यो कसरी सर्छ ? यसबाट बच्न के गर्नु पर्छ भन्ने सम्म थाहा छैनन् । अनि सरकार, जनप्रतिनिधि एवं नेताहरु महलको अलिसान कोठामा बसेर भन्दै छन कि बाहिर ननिस्किनुस् , लकडाउन छ । यिनिहरुलाई के थाहा ती गाउँ र वस्तीका सोझा जनताहरुलाई मास्क कस्तो हुन्छ ? सेनिटाइजरले के गर्छ ? भनेर । तर उनिहरुलाई जनताको कुनै चासो छैन सिर्फ आफ्नो ज्यानको चासो छ । आफू बाँच्न पाए भैगो नि ।

जनतालाई सिटामोल होस कि नहोस् बस् उस्लाई के को मतलब ? तर कोरोनाको डरलाई मन भित्रै राखेर सिन्धुपाल्चोकको युवा नेता पुर्व सुचना तथा संचारमन्त्री मोहन बहादुर बस्नेतले जनताको घर दैलो सम्म पुगेर मास्क, सेनिटाइजर, प्यारासिटामोल अनि स्वास्थ्य चौकिको लागि अति आवश्यक सामाग्री साथै सुरक्षाकर्मीहरुलाई समेत ती सामाग्रीहरु बाँड्दै हिँडिरहनु भएको छ । उहाँले धेरै मनकारी आफ्ना साथीहरु मार्फत ती सामाग्रीहरु जुटाउँदै गाउँ घर सम्म पुगेर कोरोनाको सचेतना फैलाउँदै हिँडिरहनु भएको छ । तर यो काम कतिपय महल भित्र बसेर कुर्लिनेहरुलाई पचेन ।

जस्ले गर्दा जसरी हुन्छ त्यसलाई रोक्नु उनिहरुको प्रयास रह्यो ।केही मिडियालाई पैसा खुवाएर चरित्र हत्या गर्न खोज्नु उनिहरुको पहिलो प्रयास देखियो । सिन्धुपाल्चोकमा नेता बस्नेतलाई प्रहरिले कुनै बाधा पुर्याएको छैन, बरु राहत वितरणमा सक्दो सहयोग गरेका छन् । भिड हुन दिएका छैनन् । यसैलाई प्रहरिले गिरफ्तार भनेर सस्तो गलत प्रचारबाजीमा उत्रेको भनें सारा जनताले बुझ्ने र देख्ने गरि देखियो । नेता बस्नेत भन्नू हुन्छ “घर भित्र आफ्नो मात्र ज्यानको माया गरेर कुर्लेनेहरुलाई जनताले राहत पाएको कुरा पचेन बस यत्ती हो ।”

त्यस्तै उहाँले थप्नुभयो कि ” चर्को स्वरमा भाषण दिएर वाह वाह पाउने अनि विपतको बेलामा आफ्नो सुरक्षा गरे भैगोनी भनेंर दुलो भित्र लुकेर बस्नेहरुलाई के थाहा ?अनि सत्ताको मातमा राहतको पर्खाईमा बसिरहेको र कोरोनाको असरको बारेमा केही थाहा नभएको ती सोझा जनतालाई बन्चित गराउन खोज्ने ? महासयहरु यदि सक्नुहुन्छ भनें एकपल्ट ज्यानको माया मारेर ती गाउँ अनि बस्तीमा १ पोको मास्क लिएर जानुस अनि थाहा हुनेछ त्यहाँ कत्ती जनता थुप्रीने रहेछ । एउटा मास्क पाउँदा कती गहिरो मुस्कानमा मुस्कुराउनु हुन्छ ? किनकी उनिहरु पनि बाँच्न चहान्छन् कि एउटा मास्क र सेनिटाइजर पाए हामी पनि कोरोनाबाट सुरक्षित हुने थियौं कि ?”

नेता बस्नेतले आफु पनि राहत पुर्याउन नसक्ने, सचेतना फैलाउन नसक्ने अनि बिरोध गरेर बस्नेले आफुलाई कुनै असर नपर्ने बताउनुहुन्छ । र आवश्यक ठाउँहरुमा आफू जुनसुकै अवस्थामा पनि यो भाइरस विरुद्ध अडिग भएर लाग्ने सुनाउँछन् । उहाँका अनुसार को सत्ता पक्ष र को प्रतिपक्ष नभनि यतिबेला फेरि पनि दोहोर्याएर सबै एक भएर कोरोनाको विरुद्धमा अ आफ्नो ठाउँबाट लड्नु पर्ने र जनप्रतिनिधिहरु, नेताहरु कोठा भित्र नभै जनताको घर घरमा पुगेर सचेत गर्न आवश्यक रहेको औल्याउनु हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here