पुर्व मन्त्री बस्नेत द्वारा कोरोना संक्रमण प्रतिरोधी सामाग्री हस्तान्तरण

0
302

पुर्व मन्त्री बस्नेत द्वारा कोरोना संक्रमण प्रतिरोधी सामाग्री हस्तान्तरण

फोटो ; निरोज चौलागाईं

१२ चैत २०७६, सिन्धुपाल्चोक
बिश्वमा तीब्र गतिमा कोरोना भाइरस फैलिरहेको छ । नेपालमा पनि बिदेशबाट आएका केही व्यक्तिहरुमा संक्रमण भएको भर्खरै मात्र पत्ता लागेको छ । हाल यस भाइरसबाट बच्न अति आवश्यक पर्ने माक्सको भने अभाव भैरहेको छ । कतिपय व्यापारीहरुले कालोबजारी र कृतिम अभाव समेत सृजना गरिरहेको छ । यी साधनहरुको अभाव संगै सर्वसाधारण र स्वास्थ्य संस्थामा काम गरिरहेका स्वास्थ्यकर्मीहरु समेत उच्च जोखिममा काम गरिरहेका छन् । माक्स लगायत सेनिटाईजर बजारमा पाउन मुस्किल छ । सर्वसुलभ तरिकाले पाउन गाह्रो छ । कोरोनाको संक्रमण बढ्न सक्ने भएकोले नेपाल सरकारले हिजो चैत ११ गते देखि लक डाउन आह्वान गरिएको छ । जसले गर्दा कसैलाई पनि घर बाहिरा निस्किन दिएका छैनन ।

यस्तो समयमा पनि आफ्नो गृह जिल्ला सिन्धुपाल्चोकको बाह्रबिसेमा पुर्व सुचना तथा संचार मन्त्री एवं नेपाली काँग्रेस केन्द्रिय सदस्य मोहन बहादुर बस्नेतले कोरोना संक्रमण प्रतिरोधी सामाग्री हस्तान्तरण गर्नुभएको छ । उहाँले बाह्रबिसे स्वास्थ्य केन्द्र र क्षमादेवी स्वास्थ्य केन्द्र तथा स्थानीयहरुलाई समेत प्यारासिटामोल, सेनीटाइजर, साबुन, माक्स, ग्लोब्स, एप्रोन लगायतका सामग्री वितरण गरिएको छ ।

सिन्धुपाल्चोकको बजार एवं स्वास्थ्य संस्थाहरुमा यी सामाग्रीहरु अभाव भएपछी उहाँले काठमाडौं देखि लिएर हस्तान्तरण गरेको जानकारी दिनुभयो ।

उहाँले मेडिसियन सप्लायर्स र भण्डारी सर्जिकलबाट उपलब्ध उक्त सामाग्रीहरु बितरण गर्दै कोरोनाबाट बच्न र सुरक्षित हुनको लागि “सरकार र नागरिकलाई यस्तो आपतको बेला सबैले सहयोग गर्नु पर्ने धारणा राख्नु भयो । सके सम्म हामी सबै मिलेर यो संक्रमणको घडीमा सबैलाई सकेको सहयोग गरि रोग लाग्न नदिनु हामी सबैको प्रयास हुनुपर्छ ” उहाँले भन्नुभयो । “

प्राथमिक स्वास्थ केन्द्रकी डक्टर सिर्जना मर्हजनले सहयोग स्वरुप प्राप्त भएको उक्त सामाग्री बिरामीलाई
परिक्षणका साथ बाँड्ने बिश्वास व्यक्त गर्नुभयो । साथै बाह्रबिसे  नगरपालिका रेशम तामाङले मास्क लगायतका सामाग्री पाउँदा खुसी व्यक्त गर्दै स्थानीय बजारमा एउटा पनि मास्क नपाएको अबस्थामा बस्नेतले सो सामाग्रीहरु ल्याइदिदाँ हर्षित भएको बताए । बिशेष धन्ययवाद ( पत्रकार चित्र मिजार )

लकडाउनको प्रभाव तरकारीको मुल्यमा पनि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here