गायक जेबि जिम्बाको स्वरमा सझिएको बाह्रबिसे नगरको बारेमा उत्कृष्ट गित सार्वजनिक

0
548

३० फागुन २०७६, काठमाडौं
पछिल्लो समय एकपछी अर्को गर्दै गित अनि भिडियो चर्चामा छाउन सफल युवा लोकप्रिय गायक जेबि जिम्बाले बाह्रबिसे नगरको विभिन्न स्थान अनि त्यही नगर भित्रका बिकास सम्बन्धि अत्यन्तै उत्कृष्ट गित सार्वजनिक गरेका छन् । गित सेलो धुनमा सझिएको छ । युवा नेता सुरेन बिक्रम योन्जनको शब्दमा सझिएको यस गितलाई स्वरमा साथ भने लोकप्रिय गायिका जितु लोप्चनले दिएकी छिन् ।

गएको फागुन २० गते नेपाल शेर्पा संघ बाह्रबिसे नगरले आयोजना गरेको ग्याल्पो ल्होछार कै दिन आडियो सार्वजनिक गरेको थियो । जसलाई सबैले अत्यन्तै रुचाएको थियो । यस गितलाई जिग्मे मिडियाको युट्युबबाट भर्खरै सार्वजनिक गरेको छ ।

जिम्बाको आफ्नै संगितमा आगा लामाले एरेन्ज अनि मिक्सिङ गरेका हुन् । गितलाई कला स्टुडियोमा रेकर्डिङ गरेको हो । गायक जिम्बाको अन्य चर्चा पाउन सफल गितहरुमा खेल्छौ टिकटक फेसबुक, सयघरे, कोदोको जिर्माको रसमा, सिन्धु त पाल्चोके ठिटो, लेक लेक चर्ने चौंरी गाई हुन् ।

“हाम्रो त बाह्रबिसे नगरमा”

Tarebhoom Selo

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here