सबैले रुचाउँदै “यसपाली हिउँदो महिनामा” (भिडियो)

0
649

२५ फागुन २०७६, काठमाडौं
तामाङ सेलो “यसपाली हिउँदो महिनामा” को भिडियो क्लिक नेपाल युट्युब मार्फत सार्वजनिक भएको छ । यो भिडियो सार्वजनिक भएको केही दिनमै राम्रो दर्शकको साथ पाएको छ ।
मकवानपुर हेटौंडाका गायक शुसिल थिङको स्वरमा सझिएको यो गितको भिडियो काठमाडौं आसपास नै छायांकन गरिएको हो । गायक थिङले ६ वटा गीत रेकर्ड गराइसकेता पनि भिडियो भने यो नै पहिलो हुन ।

विभिन्न कारणका बाबजुत भिडियो गर्न नसकेका शुसिलले १४ बर्षको उमेरमै पहिलो गीत रेकर्ड गरेका थिए । गायक आस्मान लोप्चनले निर्देशन गरेको भिडियोलाई छायांकन सम्पादन सुर्य लामाले गरेका हुन ।

भिडियोमा निर्देशक स्वयम् आस्मान लोप्चन , निरु थिङ , शुसिल थिङ र ममता मोक्तान को अभिनय रहेको छ ।

यसपालि हिउदो महिना बोलको गीतको शब्द रचन र संगीत समेत गायक शुसिल थिङलेनै गरेका हुन भने संगीत संयोजन दिपेश प्रधानको रहेको छ ।

गीत संगीतमा घर परिवारको सकारात्मक सहयोग भएकोले अब निरन्तर गीत संगितमै लाग्ने र एक पछि अर्को गर्दै स्रोता दर्शकलाई कोशेलि पस्किरहने बताउछन गायक शुसिल थिङ । भिडियो;

तामाङ सेलो तारेभुम हेर्न क्लिक गर्नुहोस् ;

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here