रिल लाईफ र रियल लाईफ कहानी “ह्वाम्ला मायासे” मा (भिडियो)

0
402

२४ फागुन २०७६, काठमाडौं, प्रीतम गोले तामाङ
कलाकारिताले जत्ती अरुको मनमा बास बस्न महत्वपूर्ण भुमिका खेल्दछ त्यतिनै आफ्नैको मनमा संधै अटाउन धेरै गाह्रो छ । सबैले सोच्छन् कलाकारको जस्तो जीवन जिउन पाए आहा ! कत्ती रमाइलो हुनेथियो । तर त्यो कलाकारको जीवन कति शंकामा जिईरहेको हुन्छ त्यो सिर्फ यहि पेसामा लागेकाहरुले मात्र भोगेका हुन्छ्न् । कतिको वास्तविक जीवन समेत लथालिङ्ग हुन्छ्न् यो क्षेत्रमा तर त्यसको गहिराईमा कोहि पुग्न नसकेको जस्तो भान हुन्छ । आफ्नो मायालाई संधै जिवित राख्न धेरै ठुलो संघर्ष नै गर्नुपर्छ भन्दा दुईमत नहोला ।

हो, यसै सिलसिलामा तामाङ समुदायका सबैभन्दा चर्चित नायकको छवि बनाउन सफल नायक अमिर दोङले पनि यो प्रकृतिको समस्या नझेलेको होला भनेर भन्न सकिन्न । उहाँको पनि रिल लाईफ संगै रियल लाईफ फरक पक्कै छ भनेर हामिले भर्खरै रिलिज भएको विशाल काल्तान र जितु लोप्चनको आवाजमा सझिएको प्रेम गित “ह्वाम्ला मायासे” को भिडियोमा देख्न सकिन्छ । यस भिडियोको कहानी उनै नायक दोङको वास्तविक कहानी मात्रै भने नहोला , बरु यो कहनी हरेक कलाकारको जीवन संग मेल खान्छ पक्कै । तसर्थ पनि गितको भिडियोले धेरैको मन जित्ने पक्का छ ।

जिग्मे मिडियाका संचालक एवं अहिलेको समयको अत्यन्तै व्यस्त सिनेम्याटोग्राफर, सम्पादक एवं कलरिस्ट सुर्य लामाको क्यामेराको कैद स्टाईल, ड्रोन सटहरुले भिडियोलाई थप आकर्षक बनाएको छ । त्यस्तै राजु तामाङको एक्सनको पनि प्रशंसा गर्न सकिन्छ । तामाङले नै भिडियोको कलरिङ समेत गरेका हुन् ।

अमिर दोङ आफैले निर्देशन समेत गरेका भिडियोमा दोङ लगायत नायिका सुस्मा मोक्तान, मोडल रन्जिता लामा, कुईसाङ रुम्बा, सुअङ दोङ, जस्मी तामाङ, मिलन स्याङ्तान, पदम दोङ, विशाल थिङको दमदार अभिनय देख्न सकिन्छ । भिडियो;

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here