चैत १९ गते भोथाङमा अमिलो पानी तथा डम्फु सेलो महोत्सव हुने

0
214

२४ फागुन २०७६, काठमाडौं
यहि आउँदो चैत १९ गते पाँचपोखरी थाङ्पाल गाउँ पालिका वडा नं ३ स्थित भोताङमा पर्ने ऐतिहासिक अमिलो पानी लाई राष्ट्रिय एवं अन्तरास्ट्रिय रुपमा प्रबर्द्धन गर्न “अमिलो पानी महोत्सव तथा डम्फु सेलो साँस्कृतिक कार्यक्रम २०७६” को काठमाडौमा एक पत्रकार सम्मेलन मार्फत गर्दै जानकारी दिएका छन् । साझा भोथाङ नामक संस्थाले ४ वर्ष अघि देखि नै यस ठाउँको प्रचारप्रसारका लागि विविध कार्यक्रमहरु गर्दै आईरहेको यो वर्षको कार्यक्रम संयोजक एवं स्थानीय समाजसेवी कर्मा लामाले बताउनुभयो ।

भोथाङमा तामाङ जातीको बाहुल्य बसोबास रहेकोले स्थानीय मौलिक कला संस्कृति र परम्परालाई समेत प्रबर्द्धन गर्ने उद्देश्यका साथ बिगतको कार्यक्रम भन्दा केही परिवर्तन गर्दै डम्फु सेलो साँस्कृतिक कार्यक्रम नाम राखिएको छ । जसमा बिशेष गरि स्थानीय कलाकार, ताम्बाहरुले स्थानीय भाषामा सेलो प्रस्तुति दिने कार्यक्रम रहेको छ ।

ल्याब टेस्ट समेत गरिसकेको अमिलो पानी एक ऐतिहासिक स्थल समेत हुन् । यो अमिलो पानीले ग्याँस्ट्रीक समेत निको हुने जनबिश्वास रहिआएको छ । जसले गर्दा स्वास्थ्यको लागि समेत फाईदाजनक र विभिन्न रोगहरु समेत न्यूनीकरण हुने बिश्वास छ ।

आयोजकका अनुसार ५ लाख लागतमा यो वर्षको अमिलो पानी महोत्सव तथा डम्फु सेलो साँस्कृतिक कार्यक्रमको व्यवस्थापन गर्ने तय गरिएको छ । उक्त कार्यक्रमको प्रमुख अतिथिको रुपमा बाग्मती प्रदेश उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपाल रहेको छ । आयोजकले सम्पुर्णमा यस अमिलो पानी महोत्सवमा उपस्थित हुन हार्दिक निमन्त्रणा समेत गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here