जुगलमा कोरोनाको शंका, १०० भन्दा बढी बिरामी । सतर्क रहन सबैमा आग्रह ।

0
550

२९  माघ २०७६, सिन्धुपाल्चोक
सिन्धुपाल्चोकको जुगल गाउँपालिका ३ साविक गुम्बा गाविस ८ नम्बर वस्तीमा कोरोनाको लक्षण संग मिल्ने रुघा,खोकि र उच्च ज्वरोले स्थानीय विरामि परेका छन् । माघ २३ गतेबाट यस्तो लक्षण देखिन सुरु गरेकोमा अहिले सम्म विरामि हुनेको सङ्ख्या करिब १०० जना नागेको गाउँपालिका अध्यक्ष होम नारायण श्रेष्ठले बिज्ञप्ती जारी गर्दै जानकारी दिनुभएका छन ।

गुम्बा गाउँमा चिनबाट फर्केका कोहि नभएकाले लक्षण मिलेपनी
कोरोनाको शंका गर्ने आधार नरहेको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गादत्त चापागाई बताउनुहुन्छ । जुगलको गुम्बामा स्वास्थ्यकर्मि, औषधिहरु र माक्स खरीद गरी पठाईसकेको चापागाईले बताउनुभयो ।

हाल सम्म बिरामी परेकाहरुको अवस्था भने सामान्य रहेको छ । यस्तो संक्रमण देखिएकाहरुलाई अरु ब्यक्ती संग सम्पर्कमा नआउन र छुटै बस्न स्वास्थ्यकर्मीले अनुरोध गरेका छन् । गाउँपालिका अध्यक्ष होम नारायण श्रेष्ठले आफुहरु यस विषय विज्ञ संग नियमित संवादमा रहेको बताउदै संयमत अपनाइएको उल्लेख गर्दै नआत्तिन उल्लेख गर्नुभएको छ । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत लोक वहादुर विकले रोग पहिचानका लागि विशेषज्ञ टोलि पठाउन प्रदेश ३ सामाजिक विकास मन्त्रालय, प्रशासन र स्वास्थ्य कार्यालयमा अनुरोध सहित पत्र पठाएको उल्लेख गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here