डेढ घण्टा गेट थुनी नियन्त्रणमा लिई कुटे “पिडित वडा अध्यक्ष र शिक्षक”

0
1942

२१ माघ २०७६, सिन्धुपाल्चोक, जुगल
सिन्धुपाल्चोक जुगल गाउँपालिका ५ का वडा अध्यक्ष सनत कुमार अधिकारी र सोही विद्यालयका शिक्षक पुष्पराज तिमल्सिना यति बेला अस्पतालको बेडमा छन् । हिजो राती करिब ७:३० बजे विद्यालयको ५७ औं जन्मजयन्ती सकाएर सरसामान ठेगान लगाएर स्कुलकै क्यान्टिनमा खाजा खानै लाग्दा सोही वडाका वडा सदस्य यन्द्र बहादुर मगरको नेतृत्वमा आएका दर्जन व्यक्तिले करिब डेढ घण्टा विद्यालयको गेटमा ताल्चा लगाई नियन्त्रणमा लिई कुटेको बताउँछन् ।

योजनाबद्ध रुपमा हामी माथी आक्रमण भयो । “पिडित”

खाजा खाना क्यान्टिनमा भर्खरै छिरेको थियो । बत्ती झ्याप्पा गयो । यिनै समुहले बत्तीको फ्युज अगाडी नै फालेको रहेछ । बत्ती जानसाथ केही समूह गेटमा लात हान्दै भित्र आएको चाल पाए । उनिहरु तथानाम गाली गलौज शब्द बोल्दै भित्र आयो । भर्खरै मात्र कार्यक्रम सकिएकोले स्थानीयहरु नै कोहि होला भन्ने ठानें । एक हुल क्यान्टिनको ढोका तिरा लात हान्दै भित्र पसे । उनिहरुले बियरका बोतल, रड ल्याएर आएको रहेछ, झन्डै ११ जनाको समुहमा आएका उनिहरुले सिधै आएर क्यान्टिनको ढोका थुन्यो र मेरो कठालो समातेर लछारपछार गर्दै सबैले घेरेर मलाई चारैतिरबाट मुक्का, लाती र टेबुलले आक्रमण गरे । म बेहोस जस्तै भएँ । मदिराको मातमा रहेका उनिहरुले केही टेरेन । वडा अध्यक्ष अधिकारी बताउँछन् । यसरी आक्रमण गरेको गर्यै गरेपछि शिक्षक पुष्पराज तिमल्सिना र प्र अ छन्द प्रसाद काफ्लेले छेक्न खोज्दा उहाँहरुलाई पनि उल्टै आक्रमण गरेको सुनउछन् । अन्ततः डेढ घण्टा पश्चात् स्थानीयहरुले थाहा भएपछी खैलाबैला भयो । र प्रहरिलाई खबर गरेका थिए । त्यसपछि संलग्न केही फरार भयो भने घटनामा संलग्न ५ जनालाई भने प्रहरिले घटना स्थलमै पक्राउ गरेका थिए ।

वडा सदस्य यन्द्र बहादुर मगरले वडा अध्यक्ष अधिकारीलाई ज्यान मार्ने धम्कि यस अघि नै पटकपटक दिएका थिए ।
वडा अध्यक्ष अधिकारीलाई यस अघि नै मगरले ज्यान मार्ने धम्की दिँदै एक दिन आफ्नो हातबाट ज्यान जाने भन्दै आएको वडा अध्यक्ष अधिकारी बताउँछन् । तर आफुले त्यो कुरामा खासै वास्त नगरे पनि अन्ततः योजना बनाएरै आफू माथी आक्रमण भएको सुनाए । अधिकारीको टाउकोमा रगत जमेको उपचारमा खटिएका स्वास्थ्यकर्मीले जानकारी दिएका छन् भनें दुई शिक्षकलाई जिउ, अनुहारमा गहिरो चोट लागेको छ ।

घटनामा संलग्न मगर सहितको अन्य ६ जना भनें अझै फरार छन् । जिल्ला प्रहरीले किटानी जाहेरी नपरेकोले पक्राउ नगरिएको जानकारी आएको छ ।

किटानी जाहेरी दिने तयारी
उता किटानी जाहेरीको लागि स्थानीय र प्र अ छन्द प्रसाद काफ्ले चौतारा पुगेपनी आज जाहेरी दर्ता नभएको खबर आएको छ ।

नेबि संघले निकाले प्रेस बिज्ञप्ती
यस घटनामा संलग्नलाई कडा भन्दा कडा कारबाही गर्न नेबि संघले माग गरेको छ । बिज्ञप्तिमा अराजक, अमानवीय र पाशविक आक्रमण प्रती खेद प्रकट गरिएको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here