बाह्रबिसेमा १३ औं राष्ट्रिय सोतोकान कराँते तथा मेयर कपको भव्य उद्घाटन, स्वर्ण बिजेताको नामसहित

0
373

१८ पौष २०७६, सिन्धुपाल्चोक बाह्रबिसे
युवा तथा खेलकुद मन्त्री माननीय जगत बहादुर बिश्वकर्मा को प्रमुख आतिथ्यता तथा बाह्रबिसे नगर प्रमुख निमफुन्जो शेर्पाको बिशेष आतिथ्यतामा भव्य रुपमा उद्घाटन समारोह सम्पन्न भएको भयो । कार्यक्रमको सभापतित्व सोतोकान कराँते सिन्धुपाल्चोक जिल्ला अध्यक्ष सुरेन बिक्रम योन्जनले गर्नुभएको थियो ।

पहिलो दिन सम्पन्न ९ वटा गेममा महिला ५५ केजि समूह तर्फ स्वर्ण बिजेताहरुमा  आशा तामाङ, ५० केजिमा सुजिता शाक्य, ४५ केजिमा शरु तामाङ, ४० केजिमा प्रजिता श्रेष्ठ, ३५ केजिमा प्रमिला तामाङ, ३० मा वर्षा केसिले हात पारिन ।

पुरुष तर्फ ४० केजिमा प्रदेश ३ बाट सुवास परियार, ३५ केजिमा आयोजकको तर्फबाट सम्पन्न नगरकोटी, ३० केजिमा आयोजककै अन्जन प्रजाले स्वर्ण हात परे ।

काँतामा महिलाको तर्फबाट आयोजकको तर्फबाट अनु शिवाकोटीले र पुरुष तर्फ प्रदेश ४ बाट अनिश पौडेलले स्वर्ण जिते ।

यस प्रतियोगितामा ७ वटै प्रदेशबाट र आयोजक १ गरि जम्मा ८ वटा टिम बिच भिडन्त हुनेछन् । बाँकी खेल आज समापन समारोहमा हुँदै छ । समापन समारोहको प्रमुख अतिथी पुर्व सुचना तथा संचार मन्त्री एवं नेपाली काँग्रेस केन्द्रिय सदस्य मोहन बहादुर बस्नेत हुनुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here