“नेकपालाई ठूलो धक्का” यहि पार्टिमा रहिरहनु देश र जनता प्रतीको अपराध-पुर्व YCL केन्द्रिय सचिब घिसिङ

0
6783

१६ पौष २०७६, काठमाडौं
भर्खरै नेकपा सचिवालयले ३ नं प्रदेशको नामकरण “बागमती” राजधानी हेटौंडा रहने निर्णय गरेका थिए । यो विषय संगै थुप्रै एकपछी अर्को गर्दै नेकपा सरकारले चाल्दै गएको जनबिरोधि कदमबाट आफ्नै नेकपा भित्र कै युद्ध लडेका देखि लोकतन्त्र प्राप्तिको लागि अहोरात्र खटेका नेता कार्याकर्ताहरु असन्तुष्टि हुँदै बाहिरिने क्रम जारी छ ।

यसै क्रममा पुर्व माओवादीका जनमुक्ति सेना कमान्डर एवं YCL का केन्द्रीय सचिब समेत रहेका अरुण घिसिङले एक बिज्ञप्ती जारी गर्दै नेकपा पार्टी परित्याग गरे । जारी बिज्ञप्तीमा पार्टी नेतृत्वले देश र जनताप्रति गद्धारी गरेको, राजनैतिक , वैचारिक तथा सांस्कृतिक विचलनले समग्र वर्ग मुक्ति आन्दोलनलाई क्षति पुर्याएको आरोप लगाएका छन् । नेकपाले अख्तियार गरेको नीति राष्ट्र र जनताको हित विपरित हुँदै गएको दाबी समेत गरेका छन् ।

|| “प्रदेश नं ३ को नाम तथा राजधानीका विषयमा नेकपा सचिवालयले गरेको निर्णयलाई पहिचान विरोधी अपराधको संज्ञा दिनुहुन्छ ।”||

बुधबार जारी बिज्ञप्तिमा घिसिङले नेकपाको साधारण सदस्यता समेत त्यागी पुनर्गठित गोपाल किराँतीको नेकपा माओवादी केन्द्रमार्फत राजनीतिक यात्रा अघि बढाउने उल्लेख गरेका छन् । माओवादीमा रहँदा लामो समय पहिचान र वर्ग मुक्तिका लागि निस्वार्थ आफ्नो ज्यानको प्रबाह नगरी लडेका घिसिङ प्रदेश नं ३ को नाम तथा राजधानीका विषयमा नेकपा सचिवालयले गरेको निर्णयलाई पहिचान विरोधी अपराधको संज्ञा दिनुहुन्छ ।

उनले नेकपा सचिवालयले गरेको यस प्रकृतिको अपराधलाई प्रदेश सभाले अनुमोदन गरेमा नेवा ताम्सालिङ क्षेत्रमा ठुलो विद्रोह हुने चेतावनी समेत दिएका छन् । त्यस्तै नेकपा नेतृत्वले राष्ट्रियताको सवालमा केही गर्न नसेकेको आरोप समेत लगाउँदै उनले नेपालको भूमी भारतले आफ्नो देशको नक्सामा राख्दा समेत ठोस पहल गर्न नसक्नुले नेतृत्वको लम्पसारवादी चरित्र प्रष्ट भएको ठोकुवा गरेका छन् ।

नेकपा सरकार अनि स्थानीय सरकार भ्रष्टाचार र महंगीमा चुर्लुम्म डुबेको भन्दै यहि पार्टीमा रहिरहनु देश र जनता प्रतिको अपराध हुने उहाँको भनाई छ । जसकारण पनि यो पार्टी परित्याग गरेको बताएका छन् । अब देशको स्वभिमान र अस्तित्वको लागि एकताबद्ध भएर लड्न एकै ठाउँमा गोलबद्द भै माओवादी केन्द्रमा आउन समेत आग्रह गरेका छन् । प्रेस बिज्ञप्ती

तारेभुम सेलो हेर्न तल क्लिक गर्नुहोला 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here