बाह्रबिसेमा १३ औं राष्ट्रिय सोतोकान कराँते तथा प्रथम मेयर कप २०७६ को रौनकता

0
773

१४ पुस २०७६, सिन्धुपाल्चोक, बाह्रबिसे
प्रीतम गोले तामाङ
यहि आउँदो पुस १८ र १९ गते बाह्रबिसे नगरपालिकामा “१३ औं राष्ट्रिय सोतोकान कराँते प्रतियोगिता तथा प्रथम मेयर कप २०७६” पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन् । आज सम्पन्न पत्रकार सम्मेलनमा सोतोकान कराँतेका केन्द्रिय महासचिव तथा प्रमुख प्रशिक्षक श्याम शेर्पा, नगर उपमेयर शुसिला पाख्रीन, नगर खेलकुद संयोजक एवं वडा नं ९ वडा अध्यक्ष सानू लामा, सोतोकान केन्द्रीय सदस्य एवं सिन्धुपाल्चोक जिल्ला अध्यक्ष सुरेन बिक्रम योन्जन लगायत नगर प्रमुख प्रशिक्षक लाल बहादुर तामाङ, नगर सोतोकान कराँतेका संयोजक दिपेन्द्र कुमार श्रेष्ठ लगायत उपस्थित थिए ।

स्वस्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने मुल नाराको साथ हुन गैरहेको यो राष्ट्रिय स्तरको सोतोकान कराँतेको यस नगरमा यहि पुस १८ र १९ गते बाह्रबिसे खुर्सानीबारिमा रहेको कभर्डहलमा राष्ट्रिय स्तरको खेल हुन लागेको यो नै पहिलो पटक हो । पहिलो पल्ट हुन लागेको यस किसिमको खेलकुदले गर्दा यसलाई भव्य बनाउन स्थानिय तह देखि खेलकुद प्रेमिहरु स्वत स्फुर्त रुपमा तयारीमा जुटेका छन । करिब करिब तयारी अन्तिम चरणमा पुर्याईसकेको यस प्रतियोगिताका संयोजक सुरेन बिक्रम योन्जनले सुनाउनु भयो । लागुऔषध, दुर्व्यसनी र अपराधिक मानशिकताबाट मुक्त समाज निर्माणको लागि युवाहरुलाई खेलकुद भन्ने मुल उद्देश्य समेत यस प्रतियोगिताले लिएको सुनाउनुभयो ।

उहाँले कार्यक्रमको खाकाको बारेमा जानकारी दिँदै सातै प्रदेशबाट ७ टिम र आयोजक १ टिम गरि जम्मा ८ टिमको भिडन्त रहने बताउनुभयो । प्रतियोगिताको लागि देशै भरी बाट करिब २०० जना खेलाडी, प्रशिक्षक बाह्रबिसेमा १७ गते नै आईपुग्ने छन् ।

प्रथम हुने टिमलाई नगद रु १ लाख, दृतिय रु ७५ हजार र तृतीय हुने टिमलाई रु ५० हजार पुरस्कारको समेत व्यबस्था गरिएको छ । यस कार्यक्रमलाई करिब १७ लाख ६२ हजार कुल लागत लाग्ने छ । कार्यक्रमको लागि आवश्यक आर्थिक बाह्रबिसे नगरपालिकाको तर्फबाट ३ लाख ५० हजार सहयोग दिने घोषणा भएको छ । यसरी हेर्दा आर्थिक लागत जुटाउन आयोजकलाई अलि मेहेनत गर्नु पर्ने देखिन्छ । यस विषयमा संयोजक योन्जनले अन्य व्यक्तिगत सहयोगहरु बाटै अर्थ जुटाउने बताउनुहुन्छ ।

उपमेयर शुसिला पाख्रीनले नगरमा हुन लागेको यो राष्ट्रिय स्तरको गेमले समग्र नगरपालिकाको शिर उच्च हुने धारणा व्यक्त गर्नुभयो । उहाँले खेल मात्र नहुने भएकोले अब तुरुन्तै सुरुवात हुन लागेको पर्यटन वर्ष २०२० को लागि समेत प्रचार गर्न सहयोग पुग्ने बताउनुभयो । खेलको बिकासको लागि नगरपालिका संधै साथ सहयोगको लागि तयार रहेको बताउनुभयो ।

नगर खेलकुद संयोजक सानू लामाले आफू पनि खेलाडी नै भएकोले खेलकुदको माध्यमबाट समग्र नगरको युवाहरुको व्यक्तित्व बिकाशको लागि संधै साथमा रहेको बताउनुभयो । र नगर अनि सम्पुर्ण जिल्लाबासीहरुमा कार्यक्रम सफल पार्नको लागि उपस्थित हुन निमन्त्रणा समेत दिनुभयो ।

कार्यक्रममा कराँते संगै ख्यती प्राप्त कलाकारहरुको साथमा साँस्कृतिक कार्यक्रम समेत हुनेछन् । जसका लागि सेलो गायक आस्मान लोप्चन, जेबि जिम्बा, प्रीतम गोले, रश्मिला तामाङ, सुजिना गोले, तेज थिङ र रिया तामाङ लगायत उपस्थित हुनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here