सि.पा. मा तरुण केन्द्रबाट आधिकारिकता पाएको दोर्जे लामा नेतृत्वको तरुण दल नै वैधानिक

0
1396

१३ पुस २०७६, सिन्धुपाल्चोक, सुकुटे
सिन्धुपाल्चोक क्षेत्र नं १ तरुण दल कार्यसमितिको आयोजनामा सुकुटेमा तरुण भेला तथा आम सभा भव्य रुपमा सम्पन्न भएको छ । क्षेत्र नं १ का तरुण सभापति जयचन्द्र कुमार लामाको सभापतित्व तथा नेपाली काँग्रेस नेपाली जनसम्पर्क समिती भारतका केन्द्रिय अध्यक्ष एवं आमन्त्रित केन्द्रिय सदस्य बाल कृष्ण पाण्डेको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम भएको हो । साथै जिल्ला सभापति बिकाश लामा बिशेष अतिथिको रुपमा उपस्थित थिए भने बिशिष्ठ अतिथिको रुपमा तरुण दलका केन्द्रीय कोषाध्यक्ष विद्वान गुरुङ उपस्थित भए । पुर्व जिल्ला सभापति भुपेन्द्र थापा, पुर्व कार्यबाहक जिल्ला सभापति कृष्ण न्यौपाने, महिला संघ सि.पा. जिल्ला सभापति गिता नेपाल, महिला नेत्री लिला नेपाल,  लगायत नेपाली काँग्रेसका विभिन्न भातृ संगठनका नेता कार्याकर्ताहरुको पनि बाक्लो उपस्थिती रहेको थियो ।

नेपाली काँग्रेस जिल्ला सिन्धुपाल्चोकमा विद्यमान गुटबन्दी उत्कर्षमा रहिरहेको अवस्थामा सम्पन्न भेलामा पनि उक्त कुराले अछुतो भने रहेन । कार्यक्रममा केही समय अघि गठन भएको तरुण दल समानान्तर कमिटी तर्फको तरुण युवाहरु र पुर्व सांसद तथा पुर्व सुचना तथा संचार मन्त्री मोहन बहादुर बस्नेत निकटका नेता कार्यकर्ताहरु कार्यक्रममा उपस्थित थिएनन् । यस भेलालाई सम्बोधन गर्ने नेतागणले मन्तव्यको मुख्य विषय नै सिन्धुपाल्चोक नेपाली काँग्रेस भित्रको अन्तरद्वन्द कै वरिपरि रहेर बोले ।

|| तरुण केन्द्र र पार्टी सभापतिले जसलाई आधिकारिकता दिएको छ त्यो नै आधिकारिक तरुण दल हो । अरु मात्र भ्रममा पर्नु हो । ||

प्रमुख अतिथी बालकृष्ण पाण्डेले तरुण दलको केन्द्रीय समिती र पार्टी सभापतिले जसलाई आधिकारिक भनेको छ त्यसैलाई आधिकारिकता हो भनेर अघि बढ्न जोड दिनुभयो । कसैले समानान्तर कमिटी गठन गरेर उनिहरु आधिकारिक तरुणदल हो भन्नु भ्रममा पर्नु मात्र रहेको स्पष्ट पार्नुभयो ।  नेपाली काँग्रेस सिन्धुपाल्चोकमा रहेको नेतृत्वहरु बिचको मनमुटावलाई हल गर्न आफ्नो प्रयास रहने आश्वासन समेत दिनुभयो । कण्डै काण्ड मच्चाईरहेको कम्युनिस्ट संग लाड्नुपर्ने बेलामा आफ्नै पार्टी भित्र मनमुटाव हुनु गलत रहेको धारणा व्यक्त गर्नुभयो ।

जिल्ला सभापति बिकाश लामाले जिल्ला नेतृत्व सबैलाई समग्रमा गाली गर्न नहुने बताए । जस्ले गलत गरेको छ, उसलाई सिधै गलत हो भनेर भन्नू पर्ने बताए । पार्टिमा गुट हुनुपर्ने र त्यसले पार्टीलाई जिवन्त पार्ने बताउनुभयो । तर गुट पार्टीको हितमा हुनुपर्ने र कोहि व्यक्ती बिशेष गुट भएमा त्यसले सिंगो पार्टिलाई नै क्षति पुग्ने उहाँको भनाई थियो । पार्टी भित्र स्वच्छ प्रतिस्पर्धा हुनुपर्ने र एक्लै दौडेर कहिल्यै फस्ट नहुने समेत बताउनुभयो । अबको १ वर्ष पछि गाउँ देखि जिल्लाको अधिवेशन भएकोले त्यो समयमा नै असली काँग्रेसलाई चिनेर नेतृत्व छान्ने बेला भएकोले सबैलाई सहि नेतृत्व चुन्न अग्रिम सुझाव दिनुभयो ।

पुर्व सभापति भुपेन्द्र थापाले कसैको हुकुमे शैलीलाई नमान्ने बताए । विधि र विधानलाई बाहेक कसैको कुरा मान्नै पर्ने र उस्ले भनें जस्तो गर्नुपर्छ भन्ने आफुलाई नलाग्ने धारणा प्रस्तुत गरे । राजको हुकुमको बिरुद्धमा आफू जेल बसेको स्मरण गर्दै जुन नेताले विधिको पालना गरेको र कस्ले उलंघन गरेको छ त्यो छुट्याउन सबैलाई सुझाव दिनुभयो । पार्टीको केन्द्रीय समितिले बनाएको निर्देशिका अनुसार जिल्ला समितिले त्यही अनुसार मात्र समायोजन गर्दै लगेको स्मरण गराउनु भयो । तर केन्द्रमा जस्ले त्यही निर्देशिकामा हस्ताक्षर गरे त्यही व्यक्तिबाट निर्देशिका विधिको उलंघन भएकोले नै सिन्धुपाल्चोक जिल्लामा विवाद भएको बताए । कसै संग आग्रह पुर्वाग्रह भने नरहेको र पार्टी भित्र सबैले सबैको अस्तित्वलाई स्वीकार गर्न सकेमा कुनै विवाद भन्ने कुरै नरहेको बताए । त्यस्तै केन्द्रको विधान अनुसार नै जिल्ला सिन्धुपाल्चोकको ७९ वटा गा.बि.स. को अधिवेशन गर्दै जिल्ला तरुण दल दोर्जे लामाको नेतृत्वमा गठन भएकोले सिन्धुपाल्चोकमा यो भन्दा वैधानिक तरुण दल कसरी खोज्ने ? उहाँको भनाई थियो ।

कार्यक्रमका संयोजक एवं १ नं क्षेत्रीय सभापति जयचन्द्र कुमार लामाले एउटै परिवारमा पनि सानोतिनो विवाद हुने भएकोले नेपाली काँग्रेस सिंगो ठूलो परिवार रहेकोले त्यो विवाद नभै सानोतिनो मनमुटाव मात्र भएको जिकिर गर्नुभयो । जिल्ला सिन्धुपाल्चोकको नेपाली काँग्रेस भित्रको विवादले गर्दा कोहि निराशा हुनुनपर्ने र विपक्ष संग लड्नुपर्ने दिनमा एक भएर लड्ने दिन आएको बताए ।

तरुण दल केन्द्रिय कोषाध्यक्ष एवं कार्यक्रममा बिशिस्ट अतिथिको रुपमा उपस्थित विद्वान गुरुङले सिन्धुपाल्चोकमा समानान्तर तरुण दल गठन गरेर पार्टिलाई नै कमजोर बनाउन खोजेकोले उनिहरुलाई केन्द्रबाटै कारबाही भएर हाल कारबाही भोगिरहेकोले कुनैपनी हालतमा हामी पनि नेपाली काँग्रेसको तरुण दल हो भनेर भ्रममा नपर्न आग्रह गर्नुभयो । सिन्धुपाल्चोकमा दोर्जे लामाकै नेतृत्वको तरुण दल नै वैधानिक केन्द्रीय संस्थागत तरुण दल रहेको स्पष्ट पार्नुभयो ।

तरुण दल सिन्धुपाल्चोक जिल्ला अध्यक्ष दोर्जे लामाले आफूले जिल्ला तरुणको नेतृत्व लिनु अघि तरुण दलको कुनै संगठन नरहेको बताए । आफुले तरुण दलमा लागेको २० वर्ष पुगेको स्मरण गर्दै जिल्लाको केहि नेतालाई भन्दा तरुण दलको पिरमर्का, दु:ख के हो ? त्यो नजिकबाट आफुले भोगेको र बुझेको बताउनुभयो । उहाँको भनाईमा तरुण दल चुनावको बेला मात्र प्रयोग गर्ने संगठन नसोच्न समेत आग्रह गरे । केहि नेताले चुनावको बेला मात्र मौखिकमा तरुण दलको पद दिने र आफ्नै गाडिमा बोक्ने चुनाव सकेपछी को हो को हो गरेर छोड्ने गरेको बताए । तरुण दल दोर्जे लामाको पेवा नभएकोले दोर्जेलाई प्रयोग गरेर छोड्न मिले पनि तरुण दललाई त्यसो गर्नु गलत रहेको जिकिर गर्नुभयो ।

अन्य नेपाली काँग्रेसका विभिन्न भातृ संगठनका नेतृत्वहरुले सिन्धुपाल्चोकमा रहेको गुटबन्दीले नेपाली काँग्रेसका सम्पुर्ण सच्चा कार्याकर्ताहरुमा अन्योलता उत्पन्न भएकोले त्यसको सहज छलफल गरि निकास निकाल्नको लागि पार्टी नेतृत्वहरुलाई सुझाव दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here