काजलको स्वर्ण सपना पूरा । गोल्चे सन्चार

0
701

१८ मंसिर २०७६, काठमाडौं
प्रीतम कुमार तामाङ
खेल राष्ट्रको अमुल्य एक पाटो । खेलाडी राष्ट्रको गहना । राष्ट्रको सान अनि मान । खेलले एकता बनाउँछ, भाईचारा बढाउँछ । एउटा असल खेलाडीले त्यो सब चिज बोकेको हुन्छ जुन राष्ट्रलाई अन्तरास्ट्रिय रुपमा शिर उचो बनाउन ठूलो त्याग र तपस्या गरेका हुन्छन् । हो, अहिले नेपालमा दक्षिण यसियाली खेलकुद (साफ) को रौनकता बढिरहेको छ । नेपालले संधै अन्तरास्ट्रिय खेलकुदमा पदकको आशा नै बढी मात्रमा तेक्वान्दोबाट नै गर्ने गर्दछन् । यसपाली भनें नेपालले धेरै पछि सोचे भन्दा थुप्रै टाईटलहरुमा स्वर्ण हात पारेका छन् ।

यसै सिलसिलामा सिन्धुपाल्चोक स्थाइ ठेगाना हाल भक्तपुर जगाती बसोबास गर्ने तेक्वान्दो खेलाडी हुन् काजल श्रेष्ठ । काजलले आफ्नो प्रतिद्वन्दी पाकिस्तानी तेक्वान्दो खेलाडी बातुललाई ५०-१४ को अत्यन्तै फराकिलो अन्तरले स्वर्ण पदक आफ्नो हात पार्न सफल भइन् । पहिलो राउन्ड देखि नै काजलको किकको वर्षात पाकिस्तानी खेलाडि माथी भयो । अनि हात पारिन स्वर्ण ।

फोटो : सेतोपाटिबाट

सानै देखि तेक्वान्दो सुरुवात गरेकी काजलले राष्ट्रिय तथा घरेलु खेलहरुमा स्वर्ण पदक हात पारेको गन्ती गरि साध्य नै छैन । त्यसैले पनि तेक्वान्दो फाइटमा धेरै राम्रो अनुभव छँदै छ उनमा ।  त्यस्तै केही अन्तरास्ट्रिय ग्राउन्डमै पनि उनले पदकहरु ल्याएकै थिए । तर उनको सपना थियो केही ठूलो अन्तरास्ट्रिय स्तरको खेलबाट स्वर्ण ल्याउने । हो, यो सबै कुराले काजललाई उनको सपना सम्म पुर्याएको छ । उनले सानै देखि मन भित्र साँचेको स्वर्णलाई साकार पार्न सफल भयो ।

२२ वर्षकि उनी तेक्वान्दोमा जोडिएको पनि लगभग दशक हुन लाग्यो । उनी निरन्तर तेक्वान्दोमा छिन् । नेपालकै उत्कृष्ट डोजाङमा पर्न सफल कोटेश्वर तेक्वान्दो डोजाङमै तेक्वान्दो सुरुवात गरेकी उनी हाल नेपाल आर्मी क्लब संग सम्बन्धित छिन । हाल तेक्वान्दो मुख्य प्रशिक्षक समेत रहनुभएका गुरु नवीन श्रेष्ठ  कै छत्रछायाँमा गुरु अशोक लामा, गुरु प्रकाश रायमाझी, गुरु लाल बहादुर थापा लगायत उत्कृष्ट तेक्वान्दो गुरुहरु मार्फत उनले तेक्वान्दो शिक्षा लिन पाएका थिए ।

परिवारबाट धेरै राम्रो साथ पाएका उनलाई यो स्वर्णले भावुक बनाए । खाडीमा दुख गर्दै गर्नु भएका आफ्ना बुबालाई सम्झेर उनी सबै भन्दा बढी भावुक समेत देखिन खेल ग्राउन्ड मै । यो सपना सम्म पुर्याउन साथ दिनुहुने परिवार, गुरुहरु र आफ्नो देशको लागि यो स्वर्ण सुम्पिन चाहेको समेत बताउँछिन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here