सिन्धुपाल्चोकको १ मात्र मतदान केन्द्रमा मतदान फटाफट हुँदै

0
360

१४ मंसिर २०७६, सिन्धुपाल्चोक
सिन्धुपाल्चोकमा आज हुँदै गरेको उपनिर्वाचन एक मात्र केन्द्र
इन्द्रावती गाँउपालिका वडा नं ८ मा फटाफट हुँदै छन् । जहाँ
वडा अध्यक्षका लागि उपनिर्वाचन भै रहेको छ ।

वडाको मात्र निर्वाचन भएपनी सिन्धुपाल्चोकको राजनितिक अवस्था भने गरम पारेका छन् । यस वडामा मात्र नभै जिल्लै भरी चुनाव कस्ले बाजि मार्ला भन्ने ठूलो चासोको विषय बनेको छ । १ हजार ४ सय ४ जना मतदाता रहेको यस वडामा अध्यक्षको लागि ४ जनाको प्रतिस्पर्धा हुँदै छन् ।

जसमा नेपाली काँग्रेसबाट राले तामाङ, नेकपाबाट केदारनाथ आचार्य, राप्रापाबाट रन बहादुर तामाङ र राप्रपा सँयुक्तको तर्फबाट ढक बहादुर श्रेष्ठ चुनावी मैदानमा लाड्दैछन् । समाजवादी पार्टीका प्रकाश श्रेष्ठ वडा अध्यक्षका उम्मेदवारबाट फिर्ता लिईका थिए । गएको बर्ष सो वडाका अध्यक्ष धन बहादुर श्रेष्ठको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।

बिहान ७ बजेबाट मतदान सुरु भएको उक्त निर्वाचन केन्द्र स्थलमा सूरक्षाकर्मीले तीन घेरामा सूरक्षा दिई रहेका छन । निर्वाचन पूर्ण सूरक्षित र शान्तिपुर्ण वातावरणमा भइरहेको जानकारी प्राप्त भएको छ ।

तामाङ सेलो तारेभुम सुन्न तल क्लिक गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here